प्रधानमन्त्री ओलीद्धारा एकैपटक रौतहटको आठ सहित मधेश प्रदेशको ६४ वटा सडकको शिलान्यास

0
139

रौतहट,१८ जेठ
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्रः एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका छन । धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो शिलान्यास गरेका हुन ।प्रधानमन्त्री केपी शर्मा ओलीले सुुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन ।
प्रधानमन्त्री ओलीले सिँचाइको आशामा मधेसका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भएकाले परियोजना चाँडो सक्न आग्रह गरे । सुशासन र विकासमा जोड दिँदै उहाँले भ्रष्टाचारभन्दा ठुलो अपराध ढिलासुस्ती भएकाले विकासका लागि वामे सराइ नभई रकेटको शैलीमा काम गर्न आग्रह गरे । कुनै पनि परियोजनामा ढिलासुस्तीले त्यसको लागत बढ्ने र लाभान्वित समूह पनि प्रभावित भई विकास र समृद्धिमा बाधा उत्पन्न हुने उनको भनाइ थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विकास गरिएको राष्ट्रिय गौरवको उक्त परियोजनाअन्तर्गत सिन्धुलीमा रहेको सुनकोशी नदीको पानी वाग्मती नदीको सहायक नदी मरिन नदीमा अन्तर–बेसिन जल स्थानान्तरण गरी मधेसका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गराइनेछ । साथै ३१ दशमलव ०७ मेगावाटको जलविद्युत् उत्पादनबाट औद्योगिक विकासमा टेवा र्पुयाइनेछ । रु ४९ अर्ब ४२ करोडको सो आयोजनाको हेड वक्र्समा गत वर्षको बाढी–पहिरोबाट सामान्य क्षति हुँदा केही समय काम प्रभावित भएको थियो । प्रधानमन्त्री ओलीले ऐतिहासिक र पवित्र भूमिका रूपमा रहेको मधेस प्रदेशको विकासका लागि केन्द्र सरकार दृढ रहेको बताउँदै जनकपुरको रेल सेवामा घाटा अन्त्य आफ्नै दक्ष जनशक्तिको विकास गरिने बताए । उनले चुरे संरक्षण, कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, शिक्षा–स्वास्थ्यमा विशेष ध्यान, जनकपुर रङ्गशालाको निर्माण, छोरी पढाऔँ अभियानजस्ता कामलाई गुणस्तर कायम गर्दै प्राथमिकता दिन आग्रह गरे । उनले सुशासनका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिँदै राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्ने जो कोहीलाई कारबाही हुने स्पष्ट गरे ।
यसैबिच एक निर्वाचन क्षेत्र एक सडक निमार्ण योजना अनुसार रौतहटमा पनि ८ वटा सडकको शिलान्यास भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटलाइजेसन मार्फत एकैपटक प्रदेशभरीको ६४ वटा सडकको शिलान्यास गर्ने क्रममा रौतहटको पनि आठ वटा सडकको शिलान्यास भएको हो । प्रधामन्त्री ओलीले एक कार्यक्रमका बिच मधेश प्रदेशको राजधानी जनकपुरबाट मधेश प्रदेश सरकार भौतिक पुर्वाधार बिकाश मन्त्रालयको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्र्तरगत ६४ वटा प्रदेश क्षेत्रको ६४ वटा सडकको शिलान्यास गर्नुभएको थियो । उक्त एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्र्तरगत रौतहटको ८ वटा प्रदेश क्षेत्रको आठ वटा सडकको शिलान्यास भएको छ । मधेश प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले दिएको जानकारी अनुसार रौतहट क्षेत्र नं. १ क मा विरेन्द्र राजमार्गको भेडियाही देखि राजपुर तुलसी सरुअठा हुदै झुन्खुन्वा विरेन्द्र राजमार्ग सम्मको सडक,क्षेत्र नं. १ ख अन्र्तरगत माधवनारायण नगरपालिकाको रजवडा देखि मिठुअवा, खेसरहिया हुदै सुकदेव चौक पिपरा बजार सडक, क्षेत्र नं. २ को क अन्र्तरगत राजपुर डमार पानिटंकी कुडिया पुल डुमरीया लतमरी बोर्डर ९मठिया बजार(लतमरी बोर्डर), क्षेत्र नं. २ ख अन्र्तरगत मौलापुर नगरपालिकाको सिमानामा पर्ने बौधिमाई मन्दिर देखि ईनर्वा मटिवां हुदै ईनरवारी जिउताही ब्रहमबाबाको मन्दिर सम्म कालो पत्रे सडकको शिलान्यास भएको छ ।
यसैगरी क्षेत्र नं. ३ क अन्र्तरगत हर्षाहा बक्तौरा रंगपुर बलुवा कनकपुर लक्ष्मीपुर सडक,क्षेत्र नं. ३ ख अन्र्तरगत कटहरिया बडेर्वा जंगलसहिया सिमरी धनसर सडक,क्षेत्र नं. ४ को क अन्र्तरगतवृन्दाबन नगरपालिका वाड नं. ३ विश्रामपुर रजैया सडक देखि मुहुअवा, नरकटिया हुदै हर्दिया स्कुल सम्म सडक र क्षेत्र नं. ४ को ख अन्र्तरगत मलाही टोल बजार देखि पर्साटोल मदनपुर हुदै बागमती बाँध सम्मको सडक शिलान्यास भएको भौतिक पुर्वाधार बिकाश मन्त्रालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here