रौतहट,२३ जेठ
बर्षायाम नजिकदै गर्दा रौतहटको सदरमुकाम गौरमा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास, २०८२ को प्रर्दशनी भएको छ ।
शुक्रबार जिल्ला विपद व्यवस्थापन समिति रौतहटको समन्वयमा गौर नगरपालिका–४ स्थित बरहवा तालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरु तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरुको संयुक्त सहभागितामा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास, २०८२ प्रर्दशनी गरिएको हो ।
जिल्लामा हुने मौसमजन्य विपद् प्रतिकार्यको लागि यो अभ्यास प्रर्दशनी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खडकाले बताउनु भयो । बर्षा अगाबै प्रतिकार्यको लागि तयारी गरिएको उहाले बताउनु भएको छ ।
मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास कार्यक्रममा विपद् न्यूनिकरण सम्बन्धी आगलागी नियन्त्रणको प्रदर्शनी, पानीमा खोज तथा उद्धार, ईप्रोभाईज सामाग्रीको प्रयोग गरी खोज तथा उद्धार कार्य, मोटर बोट तथा पुलबाट रेस्क्युको प्रदर्शनी जस्ता विविध विपद् प्रतिकार्य क्रृतिम अभ्यास गरिएको शसस्त्र प्रहरी बल नेपाल नंम्बर ११ गण हेड क्वाटरका शसस्त्र प्रहरी उपरिक्षक सन्तोष बस्नेतले बताउनु भएको छ ।
आगलागी नियन्त्रणका सामाग्रीहरुको प्रदर्शनी समेत गरेको शसस्त्र प्रहरी उपरिक्षक बस्नेतले बताउनु भयो ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या राय यादव, गौर नगरपालिका प्रमुख शम्भु साह, राजदेवी नगरपालिका प्रमुख भिखारी यादब, दुर्गाभगवती गाउपालिकाका अध्यक्ष शम्भु सिह, प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का, नेपाली सेना नारायणदल गण रौतहटका गणपति प्रमुख सेनानी लेखनाथ कटुवाल, जिल्ला प्रहरी कार्यालय रौटहटका प्रहरी उपरिक्षक नेत्रमणी गिरी, सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति शसस्त्र प्रहरी उपरिक्षक. सन्तोष कुमार बस्नेत, संचारकर्मी, रेडक्रस कार्यालयका प्रतिनिधि, लगायत स्थानीय जनप्रतिनिधी तथा स्थानीयवासीहरुको उपस्थीती रहेको थियो ।
यस अघि चन्द्रपुर १ नुनथरमा नेपाली सेनाले प्रदेशस्तरीय मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास, २०८२ प्रर्दशनी गरेको थियो ।