सवारी र्दुघटनामा मंगलपुरका लिम्बुको मृत्यु,अबरुद्ध राजमार्ग संचालन

0
241

चन्द्रपुर,२९ जेठ
पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत रौतहटको चन्द्रपुर १ मंगलपुरमा सवारी साधनले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान राजमार्गमा उभिरहेका सोही गाउका ३२ बर्षिय बुद्ध लिम्बुको नम्बर नखुलेको सवारी साधनको ठक्करबाट घटनास्थलै ज्यान गएको हो ।
पश्चिमबाट पुर्व तर्फ जादै गरेको सवारी साधनले ठक्कर दिदा लिम्बुको ज्यान गएको चन्द्रपुर १ का वाड अध्यक्ष बलराम राउतले जानकारी दिनुभएको छ । ठक्कर दिने सवारी साधनको पहिचान नहुदा सम्म स्थानियले घटना स्थलमै लास राखेर राजमार्ग अबरुद्ध गरेका थिए । २४ घण्टा भित्र ठक्कर दिने सवारी साधन पत्ता लगाउने सहमती भएपछि अबरुद्ध राजमार्ग संचालनमा ल्याइएको वाड अध्यक्ष राउतले जानकारी दिनुभएको छ ।
अहिले सवारी साधनहरु संचालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी दिनुभएको छ । ठक्कर दिने सवारी साधनको खोजीकार्य भइरहेको समेत उहाले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here