सर्लाही,३० जेठ
नेकपा एमालेको भातृसंगठन राष्ट्रीय युवा संघ सर्लाही कार्य समितिले हरिवनमा रहेको मानव सेवा आश्रममा दिवा खाना खुवाएका छन । युवा संघले बुधबार एक कार्यक्रमको आयोजना गरी मानव सेवा आश्रम हरिवनमा रहेका बृद्धबृद्धाहरुलाई खाना खुवाइएको हो । संघले सामाजिक र सिर्जनात्मक कार्यमा आफूलाई समर्पित गर्दै मानव सेवा आश्रममा खाना खुवाएको युवा संघ सर्लाहीका जिल्ला अध्यक्ष किरन थिङले बताएका छन । अध्यक्ष थिङको अध्यक्षतामा भएको कार्यक्रममा नव निर्वाचित केन्द्रिय सदस्य जिवेश प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै प्रसाईंले आश्राममा रहेका आमाबुवालाई संगठनले खाना खुवाएर पुण्य काम गरेको भन्दै मानवीय सेवामा संगठन लाग्नुपर्ने बताए । प्रसाईंका अनुसार मानव सेवा नै धर्म हो भन्ने हेतुले सबै सदस्यबाट रकम सङ्कलन गरेर सामाजिक अन्तर्गत मानव सेवा आश्रममा रहेकालाई खानाको व्यवस्थापन गरेको बताए ।कार्यक्रममा जिल्ला उपाध्यक्ष र सचीव लगायत युवा संघ आबद्ध युवाहरुको सहभागिता रहेको थियो ।