चन्द्रपुर ६ को वाडा कार्यालय बिहान ७ बजेदेखी नै खुल्ने

0
334

चन्द्रपुर-अत्यधिक गर्मी बढेपछि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ ले कार्यालय समय नै परिर्वतन गरेको छ ।
वाड अध्यक्ष सहदेब केसीले पत्रचार गदै असार १ गते आइतबार देखी कार्यालय समय परिर्वतन गर्नुभएको हो । सेवाग्राहीहरुको मागलाइ ध्यानमा राख्दै असार १ गते आइतबार देखी बिहान ७ बजेबाट ११ बजे सम्म वाडा कार्यालय खुल्ने वाड अध्यक्ष केसीले जानकारी दिनुभएको छ ।
गर्मीको कारण सेवाग्राहीहरु कार्यालयमा आउदा बेहोस हुने,मुर्छा पर्ने लगायत समस्या आएपछि कार्यालय समय सारेको उहाले जानकारी दिनुभयो । यसैबिच गौर नगरपालिकाले समेत आफनो नगर क्षेत्रका बिद्यालयहरु बिहान ६ बजे देखी साडे ९ बजे सम्म संचालन गर्न परिपत्र गरेको थियो । अत्यधिक गर्मीको कारण अहिले रौतहटको चोक बजार सुनसान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here