गरुडा नगरपालिकाद्धारा ६९ करोड २६ लाख १७ हजार ३६७ रुपैया बजेट प्रस्तुत

0
108

गरुडा,७ असार
रौतहटको गरुडा नगरपालिकाको १३ औ नगरसभा शुक्रबार सम्मन्न भएको छ । आगामि आर्थिक बर्षका लागी पालिकाले ६९ करोड २६ लाख १७ हजार ३६७ रुपैयाको आयब्यय सहित बजेट प्रस्तुत गरेको छ समृद्ध नगर खुशी नगरबासीको लक्ष्य लिएको नगरपालीकाले आगामि आर्थिक बर्ष पुजीगत खर्च तर्फ २४ करोढ ९३ लाख चालु खर्च तर्फ १२ करोड ७५ लाख १७ हजार ३ सय ६७ रुपैया बिनियोजन गरेको छ । यसै गरि सघिय सरकारबाट प्राप्त ससर्त अनुदान पूजिगत तर्फ ६ करोड ६५ लाख ८० हजार र चालु खर्च २४ करोड ४२ लाख २० हजार प्रदेश बिशेष अनुदान ३० लाख प्रदेश समपुरक अनुदान २० लाख समेत गरी ६९ करोड २६ लाख १७ हजार ३६७ रुपैयाको बजेट नगरउपप्रमुख पुनम चौधरीले प्रस्तुत गर्नु भएको थियो ।
नगरउपप्रमुख चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै नगरको आर्थीक बिकासको क्षेत्रमा कृषि, उधोग ब्यापार ब्यबसाय,पर्यटन तथा सस्कृती, गरिबी न्युनिकरण र सहकारी, समाजिक बिकास क्षेत्र तर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, लैगिक समानता तथा सामाजिक समाबेशिकरण, युबा खेलकुद तथा कला,पुर्बाधार तथा शहरी बिकास क्षेत्र तर्फ बस्ती बिकास आवास तथा भबन निर्माण, सडक पुल तथा यातायात, सुचना सञ्चार तथा प्रबिधि, बन बाताबरण तथा बिपद जोखिम न्युनिकरण र ब्यबस्थापनको क्षेत्रमा बन तथा जैबिक बिबिधता, बाताबरण ब्यबस्थापन तथा जलबायु परिबर्तन अनुकुलन, महामारी तथा बिपद ब्यबस्थापन, शुशासन तथा संस्थागत ब्यबस्थापन तर्फ स्थानीय नीति ऐन शुशासन, संगठनात्मक बिकास तथा सेबा प्रबाह,श्रोत परिचालन, योजना ब्यबस्थापनको नीति रहेको छ ।
नगरप्रमुख कन्थमणि प्रसाल जैयसवालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि संघिय मामिला तथा सामान्य प्रशासन मंन्त्रि राजकुमार गुप्ताले पालिकामा सबै पार्टीको प्रतिनिधित्व रहेपनि बिकास निर्माणमा सबैको साथ रहेको पाएकाले यो उदाहरण आफुले प्रतिनिधि सभामा समेत बोल्ने बताउनु भयो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघिय निजामति बिधयेक यही असार महिना भित्र आउने बताउनु भएको छ । शुक्रबार रौतहटको गरुडा नगरपालिकाको १३ औ नगर सभाको उदघाटन गर्नुहुदै मन्त्री गुप्ताले यस्तो बताउनु भएको हो । संघिय निजामति बिधयेक केही दिनमा प्रतिनिधिसभाबाट पास हुने र राष्ट्रिय सभामा जाने मन्त्री गुप्ताले बताउनु भयो । बिधयेक यही अधिवेशनबाट आउने उहाले प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा बोल्दै नैतिकता नभएका दलका नेताका संसदहरुको. कारण प्रतिनिधि सभमा अबरोध खडा भएको समेत मन्त्री गुप्ताले बताउनु भयो । भिजिट भिस्सामा गृहमन्त्रीको राजिनामा माग गर्ने संसदहरुको पार्टीका अध्यक्ष आफै ठगी मुद्दामा रहेको बताउदै मन्त्री गुप्ताले त्यस्ता संसदहरुले नैतिकताको कुरा नगरे हुने बताउनु भयो । एउटा कर्मचारीले गल्ती गदैमा मन्त्रीको राजिनामा माग गर्नुको कुनै औचित्य नभएको समेत उहाले बताउनु भएको छ । भिजिट भिस्सा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर भएर अनुसन्धान गरिरहेको र अनुसन्धानको सुई कहा सम्म पुग्ने हो यकिन नभएको समेत मन्त्री गुप्ताले धारणा राख्नु भएको छ । कार्यक्रममा मन्त्री गुप्ताले अब स्थानिय सरकार आफै सक्षम हुदैगइरहेको र अझ पालिकाहरुलाइ अधिकार सम्पन्न बनाउनुपर्ने बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here