चन्द्रपुर,९ असार
रौतहटको चन्द्रपुर नगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागी एक अर्ब २१ करोड भन्दा बढि बजेट प्रस्ताब गरेको छ । सोमबार चन्द्रनिगाहपुरमा नगर सभाको १५ अधिवेशनमा आर्थिक बर्ष २०८२/०८३ को लागी एक अर्ब २१ करोड ५९ लाख ५१ हजार ६ सय ४० रुपैया प्रस्ताब गरेको हो । अधिवेशनमा नगर उप प्रमुख जयमाला चौधरीले निति,कार्यक्रम तथा बजेट बक्तब्यमा बोल्दै चन्द्रपुर नगरपालिकाले बिगतका बर्षहरुका अधुरा योजनाहरु सम्पन्न गर्न बढी ध्यान दिएको बताउनु भएको छ । करिब ६ करोड बढी रकममा निमार्ण भइरहेको शित भण्डार आउदो बर्ष भित्र निमार्ण सम्पन्न गर्नेगरी योजना ल्याएको समेत उप प्रमुख चौधरीले बताउनु भएको छ । उहाले नगरपालिकालाइ पुर्ण बालश्रम मुक्त अभियान र बाल बिवाह मुक्त वाड घोषणा कार्यक्रमलाइ प्रोत्सहान गरिने समेत उहाले बताउनु भएको छ ।
नगरसभामा रौतहट क्षेत्र नंं ४ क का प्रदेश सभा सदस्य युवराज भट्टराईले बिकाश निमार्णको काममा सबै जनप्रतिनिधिहरु एकजुट भएर हिडनुपर्ने बताउनु भएको छ । चन्द्रपुर नगर क्षेत्रको बिकाशको लागी सहयोग गरिहेको र आउदा दिनहरुमा पनि सहयोग गरिरहने प्रदेश सभा सदस्य भट्टराईले बताउनु भएको छ ।
यसैगरी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले आउदो आर्थिक बर्षमा जनताको मागलाइ सम्बोधन हुनेगरी बजेट बिनियोजन गरेको बताउनु भएको छ । सबै क्षेत्रलाइ समेटेर नै बजेट बिनियोजन गरेको नगर प्रमुख काफ्लेले बताउनु भयो ।
चन्द्रपुर नगरपालिकाले चालु आर्थिक बर्षमा एक अर्ब ४७ करोड ३६ लाख १८ हजार ८ सय २३ रुपैया बिनियोजन गरेको थियो । उक्त बजेटको तुलनामा आउदो आर्थिक बर्षमा २५ करोड ७७ लाख बजेट कम बिनियोजित भएको छ ।
यसैबिच आज सम्म रौतहटका १८ वटा स्थानिय तह मध्ये १० वटा स्थानिय तहले नगरसभा सम्पन्न गरेका छन । चन्द्रपुर,गौर,राजदेबी,इशनाथ,गढीमाइ,माधब नारायण,बौधीमाइ,राजपुर,कटहरिया र गरुडा नगरपालिकाले नगरसभा सम्पन्न गरेका छन ।
वृन्दावन नगरपालिका, गुजरा नगरपालिका,मौलापुर नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, परोहा नगरपालिका र दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिकाले अझै बजेट ल्याउन सकेको छैन । गत शनिबार गढिमाइ नगरपालिकाले ५४ करोड ९१ लाख ७२ हजार एक सय आठ रुपियाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु हुँदै नगर प्रमुख श्याम प्रसाद यादवले कुल बजेटमध्ये पुजिगत तर्फ १९ करोड १५ लाख ४९ हजार र चालू तर्फ ३५ करोड ७६ लाख २३ हजार एक सय आठ रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभएको छ ।
त्यस्तै, शनिबार नै इशनाथ नगरपालिकाले पनि ११ औँ नगरसभाको खुला सत्र सम्पन्न गरेको थियो । आर्थिक वर्ष २०८२÷८३ लागि नगर उपप्रमुख प्रवेज आलमले ४९ करोड ६५ लाख ५२ हजार चार सय ९७ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
यसैगरी राजपुर नगरपालिकाले पनि आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम पारित गर्नुको साथै ५७ करोड बजेट खर्च हुने अनुमानित बजेट सभामा प्रस्तुत गरिएको थियो । गत आईतबार सम्पन्न आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै नगरप्रमुख डाक्टर मोहम्मद राजिक आलमले सामाजिक विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्दै आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । त्यस्तै कटहरिया नगरपालिकाले पनि आर्थिक बर्ष ०८२÷८३ को लागि नगरपालिकाले ५४ करोड, २५ लाख, ५२ हजार ४ सय ७५ रुपैयाको अनुमानित बजेट प्रक्षेपण गरेको छ । नगरसभामा नगरप्रमुख अजय प्रकाश जैयसवालले नीति तथा कार्यक्रम सार्बजनिक गर्नुहुदै नगरभित्रका नागरिकको संक्रमक लगायत सबै प्रकारका रोग र बिपद बाट नागरिकको जीबन रक्षा गर्दै जनजीबन लाई सहज र सुरक्षित बनाउने बताउनु भयो ।