चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका वाड नं.२ मा रहेको महेन्द्र माबिको ३ बर्ष अगाडीको भौतिक पुर्वाधारको अबस्था र अहिलको भौतिक पुर्वाधारको अबस्था आकाश र पतालकै फरक छ । शैक्षिक गुणस्तरमा पनि गत बषको एसईई परिक्षामा चन्द्रपुर। नगरक्षेत्रकै पहिलो भएको यस बिद्यालयको अहिलको रुप रंग नै धरै फरक छ । सो बिद्यालयमाा २०७८ माघ ४ गते श्री महेन्द्र मावि, चन्द्रपुर २, रैयाटोलको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएका कमला थापाको नेतृत्वमा यस्तो आमुल परिर्बतन भएको हो । उहाले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा अतुलनीय योगदान पुर्याउनुभएको छ। उहाँको नेतृत्वमा विद्यालयले उल्लेख्य प्रगति हासिल गरेको छ, जसले गर्दा विद्यालय समुदायमा उत्साह छाएको छ।
शैक्षिक उन्नयनमा दूरगामी पहलस्
प्रधानाध्यापक थापाको कार्यकालमा शैक्षिक गुणस्तर वृद्धि प्रमुख प्राथमिकतामा परेको छ। उहाँको अथक प्रयासले गर्दा २०८० सालको क्भ्भ् परीक्षामा सामुदायिक विद्यालयहरूमध्ये श्री महेन्द्र माविले नगर प्रथम स्थान हासिल गर्न सफल भयो। यो सफलता विद्यालयको लागि मात्र नभई सम्पूर्ण नगरकै लागि गौरवको विषय हो।
शैक्षिक गुणस्तर उकास्नका लागि उहाँले नगर स्वयंसेवक शिक्षकको माग तथा व्यवस्थापन गर्नुभएको छ। विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र अंग्रेजी माध्यमबाट अध्यापन गराउन पनि व्यवस्थापन गरिएको छ।
आधुनिक र सुविधासम्पन्न भौतिक पूर्वाधारस्
विद्यालयको भौतिक पूर्वाधार विकासमा पनि प्रधानाध्यापक थापाले उल्लेखनीय कार्यहरू गर्नुभएको छ। विद्यार्थीहरूलाई मौसममा अध्ययन गर्न सुविधायुक्त वातावरण बनोस् भनेर हरेक कक्षाकोठामा बिजुली बत्ती तथा पंखाको व्यवस्थापन गरिएको छ। स्मार्ट रुमको व्यवस्थापन ९प्रोजेक्टर, ४९ इन्चको ीभ्म्, पर्दा सहितको० ले आधुनिक शिक्षण विधि अपनाउन सहयोग पुगेको छ।
विद्यालयको भौतिक सम्पत्तिको सुरक्षाका लागि विद्यालय हाताभित्रै विद्यालय सहयोगी बस्ने व्यवस्थापन मिलाइएको छ। यसले गर्दा विद्यालयको सुरक्षा सुनिश्चित भएको छ।
नियमित स्वास्थ्य सेवा र स्वच्छ वातावरणस्
विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचारको लागि स्वास्थ्य परीक्षणको व्यवस्थापन गरिएको छ भने विद्यालयमा स्टाफ नर्सको व्यवस्थापन गर्ने योजना पनि रहेको छ। स्वच्छ खानेपानीको लागि ह्याण्ड वास र व्यवस्थित शौचालयको व्यवस्थापन गरिएको छ। साथै, सेनेटरी प्याडको उचित व्यवस्थापनमा पनि विशेष ध्यान दिइएको छ।
पर्यावरण संरक्षण र खेलकुदको विकासस्
प्रधानाध्यापक थापाले विद्यालय परिसरलाई हरियाली बनाउनका लागि फलफूलको बिरुवा ९आप, लिची० लगायत अशोकको बिरुवा समेत वृक्षारोपण गरी संरक्षण गर्ने कार्य गर्नुभएको छ।
विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद क्षेत्रमा पनि लगानी गरिएको छ। फुटबल प्रशिक्षकको व्यवस्थापन र ल्ऋऋ तालिमको व्यवस्थापनले विद्यार्थीहरूलाई खेलकुदमा रुचि बढाउन सहयोग पुगेको छ। बाल विकासका लागि खेलकुद तथा शैक्षिक सामग्रीको व्यवस्थापन पनि गरिएको छ।
अन्य महत्त्वपूर्ण उपलब्धिहरूस्
८ चार तल्ले पक्की भवनको निर्माण सम्पन्न।
८ कम्पाउन्ड वालको निर्माण।
८ विज्ञान प्रयोगशालाको व्यवस्थापन।
८ पुस्तकालयको व्यवस्थापन।
८ कम्प्युटर ल्याबको व्यवस्थापन।
८ कार्यालय कक्षको फर्निचर तथा अन्य सामग्री सहितको कार्यालय कक्ष व्यवस्थापन।
८ मोटरसाइकल तथा साइकल स्टेण्डको व्यवस्थापन।
प्रधानाध्यापक कमला थापाको दूरदर्शी नेतृत्व, लगनशीलता र अथक प्रयासले श्री महेन्द्र माविले शैक्षिक तथा भौतिक दुवै क्षेत्रमा अभूतपूर्व प्रगति हासिल गरेको छ। उहाँको योगदानले विद्यालयलाई भविष्यमा अझ उचाइमा पुर्याउने विश्वास लिइएको छ।