सामुदायिक बिद्यालय तर्फ उत्कृष्ठ जनशक्ति मावि गैँडाटारलाई सम्मान

0
586

चन्द्रपुर,३१ असार
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ३ मा रहेको जनशक्ति माबि गैडाटारलाइ आज एक कार्यक्रमका बिच सम्मान गरिएको छ । चन्द्रपुर नगरक्षेत्र भित्रबाट सामुदायिक बिद्यालय तर्फ २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको भन्दै चन्द्रपुर नगरपालिका वाड नं. ३ को वार्ड कार्यालयले सम्मान गरेको हो । सामुदायिक विद्यालयतर्फ प्रथम स्थान प्राप्त गर्न सफल श्री जनशक्ति माध्यमिक विद्यालय, गैँडाटार, चन्द्रपुर–३ लाई एक विशेष समारोहका बीच सम्मान गरेको छ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री भिमबहादुर भोलन, प्रधानाध्यापक श्री रेणुका कुमारी जि सी, सम्पूर्ण व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–कर्मचारी, तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू दिक्षण गुरुङ र रञ्जना गौतमलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय युवराज भट्टराई ‘समीर’ हुनुहुन्थ्यो। उहाँले विद्यालयलाई बधाई तथा शुभकामना दिँदै आफ्नो निर्वाचन क्षेत्रका शैक्षिक संस्थाहरूको समग्र प्रगतिमा आफू पूर्णरूपमा समर्पित रहेको बताउनुभयो । साथै श्री जनशक्ति माविलाई नमुना विद्यालयको रूपमा विकास गर्ने योजनाअनुसार काम भैरहेको जानकारी दिनुभयो।

कार्यक्रम अध्यक्ष तथा वडा नं। ३ का अध्यक्ष श्री बोधनाथ देवकोटाले वडाको सम्पूर्ण ध्यान विद्यालयको विकासमा केन्द्रित रहेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिलाई उच्च मनोबलका साथ जुट्न अनुरोध गर्नुभयो।

सहायक प्रधानाध्यापक सुनिल कुमार झाका अनुसार, विद्यालयबाट ५७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए, जसमा ५१ जना ९८९।४७५० विद्यार्थी उत्तीर्ण भएका छन्।
प्रधानाध्यापक रेणुका जि सीले वडाबाट प्राप्त सम्मानले विद्यालयलाई अझ गम्भीर र जिम्मेवार बनाएको बताउनुभयो । वडा अध्यक्ष बोधनाथ देवकोटालाई धन्यवाद दिँदै आगामी दिनका लागि थप प्रेरणा मिलेको उल्लेख गर्दै उहाँले भन्नुभयो , “हामी निशुल्क शिक्षालाई व्यवहारमा लागू गरिरहेका छौँ । विद्यालयमा कुनै पनि शीर्षकमा विद्यार्थीसँग अभिभावकसँग पैसा उठाइएको छैन । कोचिङ व्यवस्थापनदेखि टाढाबाट आउने विद्यार्थीहरूको खानपान व्यवस्था समेत वडाबाट प्राप्त सहयोगबाट सञ्चालन गरिएको छ। सोही कारण पनि यो नतिजा सम्भव भएको हो ।”

व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर भोलनले मन्तव्य राख्दै यस उपलब्धिका लागि अहोरात्र खटिनु हुने प्रधानाध्यापक , विषय शिक्षक , विद्यार्थी , शिक्षक , विद्यालय व्यवस्थापन समिति सदस्य , अभिभावक, र सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here