रौतहट,१९ असोज
हिजो देखि निरन्तर रुपमा परेको अबिरल बर्षाको कारण आएको बागमती नदिको बाढीमा डुबेर एकजना बृद्धाको मृत्यु भएको छ भने एकजनाका सुरक्षाकर्मीले उद्दार गरेका छन ।
माधवनारायण नगरपालिका–८ का हरिबंश रायकी श्रीमती ७५ वर्र्षीया पन्मा देवी रायको आइतबार बिहान करिब साडे ९ बजे बागमती नदिमा दाउरा टिप्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक राजु कार्कीले जानकारी दिनुभएको छ ।
श्रीमती रायको घरदेखि करिब २ किलोमिटर उत्तर–पूर्वमा रहेको बागमती खोलामा डुबेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिनुभयो ।
शव बागमती नदीको किनारमा सुरक्षित राखिएको र घटनास्थललाई इलाका प्रहरी कार्यालय पिपरा रजवाडाबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको उहाले जानकारी दिनुभएको छ ।
यसैगरी आजै आइतबार बिहान करिब नौ बजे बागमती नदिमै दाउरा निकाल्न गएका एक अर्का बृद्धलाइ पनि बगाएको थियो ।
बागमती नदिमा दाउरा टिप्न गएका गढीमाई नगरपालिका–५ का अन्दाजी ६५ वर्षीय बिगन राय यादवलाई सुरक्षाकर्मीले उद्दार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता समेत रहनुभएका कार्कीले जानकारी दिनुभएको छ ।
स्थानीयवासी र सशस्त्र प्रहरी बल सन्तपुरको टोलीले यादबलाई जिउँदै उद्धार गरी गढीमाई नगरपालिका–१ स्थित भरत मेडिकलमा उपचारका लागि र्पुयाएको प्रबक्ता कार्कीले बताउनु भएको छ ।
बढीले रौतहटको गढीमाई, वृन्दावन, मौलापुर, बौधिमाई, माधवनारायण, ईशनाथ नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका नदी किनार नजिकका वडाहरूमा ठूलो क्षति पु¥याएको छ ।
बर्षा संगै आएको चट्याङ लागेर रौतहटमा शनिवार राति तीनजनाको मृत्यु भएको छ ।
ईशनाथ नगरपालिका— ८ का ४५ बर्षीय ननक भन्ने शेख जमरुन, कटहरिया नगरपालिका वार्ड नं. २ हथियाहीका १७ बर्षिय सेराज लहेरी र सोही गाउका १६ बर्षिय नबिन यादबको मृत्यु भएको कार्कीले जानकारी दिनुभएको छ ।






