रौतहट,१३ पुस
रौतहटको कटहरिया नगरपालिका–९ मा रहेको ज्योती डिस्टिलरी प्रालिमा बोवाइलर नामक मेशिन विस्फोट हुँदा एकजना कामदारको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् ।
आज शनिबार बिहान भएको विस्फोटमा परी डिस्टिलरीका कामदार कटहरिया नगरपालिका–९ बलुवाका ४५ बर्षिय लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक एवं प्रबक्ता बिष्णु प्रदिप बस्यालले जानकारी दिएका छन ।
बिस्पोटमा परी सोही डिस्टीलरीमा कार्यरत ६ जना कामदार घाइते भएको डिएसपी बस्यालले जानकारी दिए । घाइते हुनेहरुमा कटहरिया नपा वार्ड नं. ८ का ४५ बर्षिय रहमोद आलम,३५ बर्षिय प्रमजित यादव,५१ बर्षिय जगदिश यादव, ५५ बर्षिय बिगन यादव,४० बर्षिय कैलाश माली, र गरुडा न.पा.०५ महमदपुर बस्ने ४० बर्षिय मुकेश यादव रहेको प्रहरी नायब उपरिक्षक बस्यालले जानकारी दिएका छन । बिष्पोटमा परी घाइतेहरुको हातखुट्टा डडेको र उनीहरुको उपचारको लागी बिरगंज पठाइएको समेत उनले बताएका छन ।
आज बिहान करिब साडे ८ बजे डिस्टिलरीमा बिस्पोट भएको खबर पछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक शंकर प्रसाद आचार्य,इलाका प्रहरी कार्यालय.लक्ष्मिनिया बिजयपुरका प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद यादव र इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायब निरिक्षक धर्मेन्द्र पौडेल नेतृत्वमा खटेको टोलीले घटनाको अनुसन्धान गरिरहेको डिएसपी बस्यालले बताएका छन ।






