आजपाको तेश्रो स्थापना दिवशको अबसरमा चन्द्रनिगाहपुर मेनचोकमा दिप प्रज्वलन

0
20

चन्द्रपुर,१४ पुस
रौतहट क्षेत्र नं. ३ का निर्बतमान संघिय संसद प्रभु साह नेतृत्वको आम जनता पार्टीले आफनो तेश्रो स्थापना दिवशको अबसर पारेर रौतहटको चन्द्रनिगाहपुरमा दिप प्रज्वलन गरेर मनाएको छ ।
आज सोमबार साझ चन्द्रनिगाहपुरको मुख्यचोकमा दिप प्रज्वलन गरेर आम जनता पार्टीको तेश्रो स्थापना दिवस मनाएको पार्टीका स्थायी कमिटि सदीय बालकृष्ण सापकोटाले जानकारी दिएका छन ।
जनताको समस्याको निराकरणको मुख्य मुद्दा बनाएर अगाडी बढिरहेको आम जनता पार्टीले हर्षोलासका साथ तेश्रो बर्ष मनाउन सफल भएको स्थायी कमिटि सदस्य सापकोटाले बताएका छन ।
कार्यक्रममा पार्टीका अर्का स्थायी कमिटि सदस्य सरोज कुमार बछार,केन्द्रीय सदस्यहरु किरण काफ्ले,राम आशिष साह,सन्दिप कुमार साह,चन्द्रिका साह,बिगु पासवन लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेताहरुले आउदा दिनहरुमा पार्टी अझ शसक्त भएर अगाडी बढने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here