पुर्व पश्चिम महेन्द्र राजमार्ग अबरुद्ध

0
221

चन्द्रपुर,१५ पुस
पुर्व पश्चिम महेन्द्र राजमार्ग आज बिहान देखी अबरुद्ध भएको छ । महेन्द्र राजमार्ग अन्र्तरगत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक आज बिहान एलपि ग्यास बोकेको ट्यांकर र्दुघटना हुदा राजमार्ग अबरुद्ध भएको हो ।
अहिले पुर्वबाट आएका सवारी साधनहरु चन्द्रनिगाहपुर स्थीत जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी र पश्चिम तर्फबाट आएका सावारी साधनहरु धन्सार पुल नजिक रोकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिनुभएको छ ।
ट्यांकर बीच सडकमा दुर्घटना हुँदा सडक अवरुद्ध भएको छ भने ग्यास लिक भइरहेकाले दुर्घटना जोखिम बढिरहेको छ । उक्त ग्यास ट्यांकर उठाउनको लागी जनकपुरबाट ग्यास कम्पनीको प्राबिधिक सहितको टोली आउदै गरेको ट्राफिक प्रहरी निरिक्षक थापामगरले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here