२४ घण्टा पछि राजमार्ग सुचारु

0
95

चन्द्रपुर,१६ पुस
हिजो मंगलबार बिहान साडे ७ बजे देखी अबरुद्ध भएको पुर्व पश्चिम महेन्द्र राजमार्ग आज बुधबार बिहान ८ बजे देखी सुचारु भएको छ । महेन्द्र राजमार्ग अन्र्तरगत रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नंं ४ को लमाह पुल नजिक हिजो बिहान नोबेल ग्यास कम्पनीको एलपि ग्यास बोकेको बुलेट र्दुघटना हुदा २४ घण्टा देखी राजमार्ग अबरुद्ध भएको थियो ।
आज बिहान आठ बजे देखी राजमार्ग सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट चन्द्रनिगाहपुरका प्रमुख जिल्ला ट्राफिक प्रहरी निरिक्षक राजेन्द्र थापामगरले जानकारी दिनुभएको छ ।
भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ट्यांकर मगंलबार बिहान र्दुघटना भएको हो ।
उक्त बुलेटको भित्रको करिब २१ टन ग्यास रातभरी बाहिर फ्याकेर टंयाकर हटाइएको रौतहट ट्राफिक प्रमुख थापामगरले जानकारी दिनुभएको छ । र्दुघटनापछि बुलेटको भित्रको ग्यास लिक भएको कारण जोखिम बढेको थियो ।
हिजो बिहान ९ बजे देखि नै ग्यास कम्पनीका प्राबिधिक र नेपाल आयल निगम बिरगंज शाखाका प्राबिधिक टोलीले उक्त बुलेट हटाउन प्रयास गरिरहेका थिए । उक्त ग्यासको बुलेट हटाउन ६ वटा क्रेन प्रयोग गरिएको छ ।
र्दुघटनापछि बुलेटबाट लिक भएको ग्यास प्राबिधिकले टाल्न नसकेपछि बुलेट भित्रको ग्यास त्यही फ्याकीएको उहाले जानकारी दिनुभयो ।
दुर्घटनामा ट्यांकर चालक भारतको कदोरा, जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव समान्य घाइते भएका थिए ।
राजमार्ग अबरुद्ध भएपछि स साना सवारी साधनहरु चन्द्रनिगाहपुर—गौर राजमार्ग हुदै बालचनपुर,जंगल सहिया हुदै धन्सारको करिब ३५ किलोमिटर लामो बाटो घुमेर आवतजाबत गरिरहेका थिए । अहिले राजमार्ग सुचारु भएपछि सवारी साधनहरु चल्न थालेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here