जनज्योतिका पूर्व विद्यार्थीले गरे मानवसेवा आश्रममा ४५ हजार मुल्य बराबरको सरसमान सहयोग

0
200

रौतहट, १६ पुष
जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुरका एसएलसी ब्याच २०६० का ४३ जना बिद्यार्थीहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै मानवसेवा आश्रम रौतहट शाखालाई सहयोग गरेका छन्। हिजो मंगलबार बिद्यार्थीहरुले आपसी सहयोगबाट जम्मा गरेको रु। ४५ हजार ८५५ रुपैयाँ बराबरको न्यानो कपडा तथा सरसफाइ सामग्री आश्रमलाई हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रम मानवसेवा आश्रम रौतहट शाखामा आयोजित गरिएको थियो।
सहयोग रकमबाट आश्रममा आश्रित व्यक्तिहरूका लागि जाडोबाट जोगिन न्यानो कपडाका साथै दैनिक प्रयोगमा आउने सरसफाइ सामग्री उपलब्ध गराइएको गरिमा घिमिरेले जानकारी दिनुभयो। यसका अतिरिक्त, सहयोगकर्ताहरूले आश्रममा आश्रित व्यक्तिहरूलाई रात्रीकालीन भोजनसमेत गराएका उहाँले बताउनुभयो।
कार्यक्रममा सहभागी एसएलसी ब्याच २०६० का साथीहरूले समाजमा अप्ठ्यारो अवस्थामा रहेका व्यक्तिहरूप्रति सहयोग गर्नु आफ्नो नैतिक दायित्व भएको अशोक शर्माले बताउनुभयो।
यस्ता सामाजिक कार्यले मानवता, सहकार्य र आपसी सद्भावलाई बलियो बनाउने उहाँको भनाइ छ।
मानवसेवा आश्रम रौतहट शाखाका प्रतिनिधिहरूले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले आश्रममा आश्रित व्यक्तिहरूको जीवनमा सकारात्मक प्रभाव पर्ने बताएका छन्। सै शाखाका संयोजक काशिराम जोशीले समाजका अन्य व्यक्ति तथा समूहहरूलाई पनि यस्तै मानवीय कार्यमा सहभागी हुन आग्रह गर्दै स्थानीय स्तरमै पूर्व विद्यार्थीहरूको पहलमा गरिएको यो सहयोग कार्यले समाजमा सकारात्मक सन्देश फैलिएको बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here