गौर,१९ पुस
नेकपा एमाले रौतहट क्षेत्र नम्वर १ को आज शनिबार सम्पन्न भेलाले प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागी पार्टीका केन्द्रीय सदस्य अजय कुमार गुप्ताको एकल नाम सिफारिस गरिएको छ ।
नेकपा एमालेको रौतहट क्षेत्र नं. १ को क्षेत्रिय समितिले आयोजना गरेको भेलाले अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारको लागी पार्टीका केन्द्रीय सदस्य गुप्ताको नाम एकल सिफारिस गर्ने निर्णय गरिएको हो ।
केन्द्रिय सदस्य गुप्ता २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा तत्कालीन नेकपा एसका अध्यक्ष माधब कुमार नेपाल संग केही मतले पराजित भएका थिए ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा गौर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित गुप्ताले आउदो फागुण २१ गते हुने निर्वाचनमा अत्यधिक मतअन्तर सहित बिजयी हुने नेकपा एमाले जिल्ला कमिटि सदस्य मिथलेश झाले जानकारी दिएका छन ।






