रौतहट क्षेत्र नं. ३ मा एमालेका केन्द्रिय सदस्य कुशवाहको एकल नाम सिफारिस

0
179

गरुडा,१९ पुस
आउदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर ३ बाट कुन्दन कुशवाको एकल नाम सिफारिस गरिएको छ।
आज शनिबार सम्पन्न क्षेत्रीय भेलाले संघीय सांसद पदका लागि कुशवाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो। क्षेत्रीय भेलामा सहभागी नेताहरूले कुशवालाई उपयुक्त उम्मेदवारको रूपमा अघि सार्दै सर्वसम्मत निर्णय गरेका थिए ।
रौतहट क्षेत्र नम्बर ३ को क्षेत्रिय समन्वय समितिको भेलाले कुशवाहको नाम एकल रूपमा सिफारिस गरिएको नेकपा एमाले रौतहट जिल्ला कमिटिका सदस्य एकरामुल हकले जानकारी दिएका छन । केन्द्रिय सदस्य कुशवाह २०७४ सालको प्रदेश सभा निर्वाचनमा रौतहट क्षेत्र नंं ३ ख बाट निर्वाचिन भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here