रौतहट क्षेत्र नंं ४ मा नेकपा एमालेको तर्फबाट ६ जनामा नाम सिफारिस

0
236

चन्द्रपुर,२० पुस
आगामी फागुण २१ गते हुने प्रतिनिधि सभाको सदस्यको निर्वाचनको लागी रौतहट क्षेत्र नंं ४ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यको उमेदवारको लागी ६ जनाको नाम सिफारिस भएको छ ।हिजो शनिबार नेकपा एमालेको रौतहट क्षेत्र नंं ४ को क्षेत्रिय समन्वय समितिको चन्द्रनिगाहपुर पार्टी कार्यालयमा बसेको बैठकले ६ जनाको नाम सिफारिस गरेको हो ।
बैठकले नेकपा एमालेका निर्बतमान केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मी,केन्द्रिय सदस्य आरती भण्डारी,रौतहट क्षेत्र नं. ४ समन्वय समितिका संयोजक लोकनाथ पहाडी,पार्टीका प्रदेश सदस्य रामजी साह,पुर्व प्रदेश सदस्य बैधनाथ सहनी र शेख कलिमुल्लाहको नाम सिफारिस गरेको नेकपा एमालेको रौतहट क्षेत्र नंं ४ को क्षेत्रिय समन्वय समितिका संयोजक लोकनाथ पहाडीले जानकारी दिनुभएको छ ।
पहिलो नम्बरमा नाम सिफारिस भएका उद्धब प्रसाद रेग्मी २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा २७ हजार भन्दा बढी मत ल्याएर उपबिजेता हुनुभएको थियो ।
बैठककमा पार्टीका केन्द्रिय सदस्य आरती भण्डारी,प्रदेश कमिटिका सदस्यहरु जिल्ला कमिटिका सचिब बाबुराम दाहाल लगायत नेकपा एमालेका बिभिन्न कमिटिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
यसैबिच रौतहट क्षेत्र नंं १ मा अजय कुमार गुप्ताको र क्षेत्र नं. ३ मा कुन्दन कुशवाहको एकल नाम सिफारिस भएको छ ।
यस्तै क्षेत्र नं.२ मा पनि प्रतिनिधि सभाको निर्वाचनको लागी ५ जनाको नाम सिफारिस भएको समाचार प्रीता भएको छ । हिजै बसेको क्षेत्रिय बैठकले शैलेन्द्र कुमार साह,मनोज कुमार यादब,गौरीशंकर प्रसाद जयसवाल,महमद अतिउल्लाह र महमद फैजल अहमदको नाम सिफारिस भएको समाचार प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here