रौतहटमा एकैदिन डुलुवा कुकुरको टोकाइबाट ५० जना भन्दा बढी घाइते

0
126

गौर,२३ पुस
डुलुवा कुकुरको टोकाइबाट रौतहटमा ५० जना भन्दा बढी सर्वसाधारण घाइते भएका छन्। आज बुधबार बिहान रौतहटको गढीमाई नगरपालिकाको बिभिन्न वार्डका ५० जना भन्दा बढी छाडा कुकुरको टोकाइबाट घाइते भएका हुन्।
कुकुरको टोकाइबाट घाइते हुनेहरू गढीमाई नगरपालिकाको वडा नं. १, ४, ६ र ८ का स्थानिय बासिन्दा रहेका छन । डुलुवा कुकुरको टोकाइबाट घाइते भएका ५० जना भन्दा बढी सर्वसाधरणलाइ उपचार गरेर घर पठाइएको प्रादेशिक अस्पताल गौरका प्रमुख डा. मुरारी ठाकुरले जानकारी दिनुभएको छ । उनीहरुलाइ रेबिजविरुद्धको खोप एन्टीरेबिज भ्याक्सीन लगाएर घर पठाइएको डा.ठाकुरले जानकारी दिनुभएको छ ।
कुकुरले टोकेर घाइते हुनेहरुमा २ बर्षिय बालक देखी ७३ बर्षिय बृद्धा समेत रहेको उहाले जानकारी दिनुभयो ।
घाइते हुनेहरुमा ईद महमद,प्रसान्त साह,लिलाबती देबी,नबिसा खातुन,अकिर जवार,बेनी सहनी,पप्पु दास,रिता देबी, अनिता देबी रामचन्द्र ठाकुर लगायत गरी ५० जना भन्दा बढी रहेको डा.ठाकुरले जानकारी दिनुभयो ।
जस मध्ये २५ जना जति घाइतेहरुलाइ कुकुरले अलि बढि टोकेको हुदा उनीहरुको लागी इमिनोक्लोबिन नामक भ्याक्सीन लगाउनको लागी बिरगंज स्थीत नारायणी अस्पताल वा पायक पर्ने स्वास्थ्य संस्थामा जान बिरामीहरुलाइ आग्रह गरेको उहाले जानकारी दिनुभयो । इमिनोक्लोबिन नामकको औषधी मधेश सरकारले जनकपुर स्वास्थ्य प्रतिष्ठान र नारायणी अस्पातलमा मात्रै उपलब्ध गराएको समेत उहाले जानकारी दिनुभयो ।
घाइतेहरु अझ बढन सक्ने समेत डा. ठाकुरले बताउनु भयो । कुकुरले स साना बच्चाहरुको मुख,नाक,आखा,पाखुरा,खुट्टामा टोकेको समेत उहाले जानकारी दिनुभएको छ । डुलुवा कुकुरले मान्छे टोकेको खबर पाउनसाथ उक्त कुकुरलाइ नियन्त्रण लिनको लागी आफुले प्रहरीलाइ खबर समेत गरेको डा. ठाकुरले बताउनुभयो ।
यता सोही अस्पतालका ब्यबस्थापन समितिका अध्यक्ष अबधेश प्रसाद यादबले कुकुरले टोकेका बिरामीहरुको उपचारको लागी औषधीको कुनै कसिमिको अभाब हुन नदिने बताउनु भएको छ । यस अस्पतालबाट दिने सेवामा कुनै पनि किसिमको अभाब हुन नदिने र बिरामीहरुको उपचारमा कुनै किसिमको कमि हुन नदिने समेत अध्यक्ष यादबले प्रतिबद्धता जनाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here