समितिका अध्यक्ष यादबको पहलमा गौर अस्पतालमा निशुल्क वाइफाई

0
155

गौर,२३ पुस
रौतहटको सदरमुकाम गौरस्थित गौर प्रादेशिक अस्पतालमा बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरूको सुविधालाई ध्यानमा राख्दै वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले निःशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष अवधेश यादवको पहलमा वर्ल्डलिङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबारदेखि अस्पताल परिसरलाई ँचभभ ध्ष्ँष् श्यलभ घोषणा गर्दै इन्टरनेट सेवा उपलब्ध गराएको हो। यसले अस्पतालको सेवालाई थप प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ ।
वर्ल्डलिङ्कले अस्पतालको सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले मुख्य चार स्थानमा वाइफाइ जडान गरेको जनाएको छ। अस्पताल प्रवेशद्वार तथा गेट बाहिर प्रतिक्षारत सेवाग्राहीहरूको सञ्चार सुविधा सहज बनाउन मुख्य गेटमा वाइफाइ जडान गरिएको छ ।
त्यस्तै, ओपिडी तथा प्रशासन शाखामा टिकट काट्ने र रिपोर्ट लिन पालो कुरिरहेका बिरामीहरूलाई लक्षित गरी पहिलो तल्लामा इन्टरनेट सेवा विस्तार गरिएको छ । वार्डमा भर्ना भएका बिरामी तथा उनीहरूका कुरुवाहरूको लागि दोस्रो तल्लामा वाइफाइ जडान गरिएको छ भने अस्पताल भवनभर इन्टरनेट कभरेज सुनिश्चित गर्न तेस्रो तल्लामा समेत सेवा विस्तार गरिएको वर्ल्डलिङ्कले जनाएको छ ।
निःशुल्क वाइफाइ सेवा सञ्चालनमा आएपछि बिरामीहरूले आफ्नै मोबाइल फोनमार्फत डिजिटल ल्याब रिपोर्ट हेर्न तथा चिकित्सकलाई सहजै देखाउन सक्ने स्थानीयको भनाइ छ । साथै, टाढाबाट उपचारका लागि आएका बिरामीका आफन्तहरूले घरपरिवारसँग भिडियो कल तथा सन्देशमार्फत सजिलै सम्पर्क गर्न सक्ने भएका छन् । लामो समय लाइन बस्नुपर्ने अवस्थामा इन्टरनेट प्रयोग गरी समयको सदुपयोग गर्न समेत सहयोग पुग्ने जनाइएको छ ।
पछिल्लो समय गौर प्रादेशिक अस्पतालले भौतिक पूर्वाधार तथा सेवाको गुणस्तरमा निरन्तर सुधार गर्दै आएको उल्लेख गर्दै अस्पताल सञ्चालन समिति सदस्य ओमप्रकाश साहले यस्तो प्रविधिमैत्री वातावरणले अस्पताललाई थप आधुनिक, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here