रौतहट क्षेत्र नंं ३ का एमाले उमेदवार कुशवाह उचिडीका मतदाता माझ

0
134

रौतहट,८ फागुण
रौतहट क्षेत्र नं.३ का लागी नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार कुन्दन प्रसाद कुशवाहाले आज शुक्रबार देवाही गोनाही नगरपालिका अन्तर्गतको उचिड गाउक्षेत्रमा आज घरदैलो अभियान सञ्चालन गरेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रमा प्राथमिकताका मुद्दा तथा आफ्नो योजनाबारे मतदाताहरुलाइ जानकारी समेत गराएका थिए ।
घरदैलो अभियानका क्रममा कुश्वाहाले रौतहट क्षेत्र नं।–३ को दीर्घकालीन विकास, बेरोजगारी समस्याको समाधान, मूलभूत पूर्वाधारको विस्तार, कृषि–सिंचाइ तथा बाढी नियन्त्रण, गुणस्तरीय शिक्षा–स्वास्थ्य लगायतका विषयलाई आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन ।
उनका अनुसार दीर्घकालीन योजनाका साथ स्थानीय आवश्यकताका आधारमा छोटो समयमै प्रभावकारी काम गर्ने प्रतिबद्धता एमाले उमेदवार कुशवाहले व्यक्त गरेका छन ।
उम्मेदवार कुश्वाहाको टोली उचिड पुगेपछि स्थानीय बासिन्दाले स्वागत गरेको बताइएको छ। मतदाताहरू परिवर्तन र विकासका पक्षमा उत्साहित देखिएको भन्दै कुश्वाहाले आफूलाई समर्थन गर्न मतदाताहरू आतुर रहेको दाबी गरे।
उनले जनताको भरोसा र अपेक्षालाई पूर्णता दिन आफू निष्पक्ष, पारदर्शी र जवाबदेही ढंगबाट काम गर्ने प्रतिवद्धता जनाए।
घरदैलोका क्रममा स्थानीयले सडक, खानेपानी, स्वास्थ्य चौकी सुदृढीकरण, बाढीबाट हुने बारम्बारका क्षति, युवाहरूका लागि रोजगारीको अभावजस्ता समस्या राखे। कुशवाहाले ती समस्यालाई टिपोट गरी समाधानका लागि योजनाबद्ध ढंगले अघि बढ्ने बताए।
कुश्वाहाले आगामी निर्वाचन सबैका लागि शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न हुनुपर्ने बताउँदै जनताले निर्भीक रूपमा मतदान गर्ने वातावरण बनाउन सम्बद्ध निकायलाई ध्यानाकर्षण गराए। सो क्षेत्रमा आम जनता पार्टीबाट अध्यक्ष तथा पुर्वमन्त्री प्रभु साह,नेकपाबाट पुनम कुमारी यादब,कांग्रेसबाट रामकृपाल यादब,जसपाबाट गोबिन्द चौधरी लगायतले उमेदवारी दर्ता गरेर मतदाताहरु संग भोट मागिरहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here