गौर,१० फागुण
रौतहट निर्वाचन क्षेत्र नं। १ अन्तर्गत राजदेवी नगरपालिका–९ ब्रह्मपुरी टोलमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को सूर्य छापबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजय गुप्ता ले आज बिहानै मतदातासँग प्रत्यक्ष भेटघाट तथा घरदैलो कार्यक्रम गर्नुभएको छ।
कार्यक्रमका क्रममा उम्मेदवार गुप्ताले स्थानीयवासीसँग खुला संवाद गर्दै क्षेत्रका प्रमुख समस्या, विकास निर्माणका अधुरा योजनाहरू, शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयमा आफ्ना धारणा राख्नुभयो। उहाँले जितको अवस्थामा जनमुखी विकास, सुशासन र पारदर्शितालाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो।यसै अवसरमा ब्रह्मपुरी टोलमा आयोजित वडास्तरीय भेलामा अमित कुमार सिंहको नेतृत्वमा सयौं स्थानीय नेता तथा कार्यकर्ताहरूले विभिन्न पार्टी परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई उम्मेदवार गुप्ताले खादा लगाएर स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको हो।स्थानीयस्तरमै उत्साहजनक सहभागिता र व्यापक समर्थन देखिएसँगै रौतहट(१ मा एमालेको चुनावी माहोल थप सशक्त बन्दै गएको स्थानीय नेताहरूले बताएका छन्।






