हामी मत गन्न होइन, मन जित्न मैदानमा उत्रिएका हौ—एमाले उमेदवार रामजी साह

0
139

रौतहट,११ फागुण
रौतहट क्षेत्र नं. ४ प्रतिनिधिसभा सदस्यको एमाले तर्फबाट रामजी साहले हामी मत गन्न हैन,मन जित्न मैदानमा उत्रिएको बताउनुभएको छ । आज सोमबार रौतहटको क्षेत्र नं. ४ को बृन्दावन नगरपालिका वार्ड नं.८ आकरपाथरका मतदाताहरु संग भेटघाट कार्यक्रममा उमेदवार साहले यस्तो बताउनुभएको हो ।
एमालेले बिगतमा गुमाएको मत समेत अहिले पाउने माहोल बनिरहेको अबस्थामा अब नेकपा एमालेको जितलाइ कसैले पनि रोक्न नसक्ने उमेदवार साहले बताउनु भयो । जनताको भाबना बुझने पार्टी भनेको नेकपा एमाले नै भएको हुदा आदरणिय मतदाताहरुले ढुक्क भएर मतदान गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।
जनताको हरेक समस्यामा साथ दिने उमेदवार साहले प्रतिबद्धता जनाउनु भएको छ ।
नेकपा एमाले आम नागरिकहरुको पार्टी भएको हुदा नागरिकको सुखदुखमा सदैब साथ दिने समेत उहाले बताउनुभयो ।
उमेदवार साहले दलबल सहित आफनो क्षेत्रमा घरदैलो गरिरहनु भएको छ । भोली मंगलबार चन्द्रपुर नगरपालिकाको वार्ड नं. ९ को मर्धरबाट घरदैलो कार्यक्रम शुरु गरिने नेकपा एमालेका केन्द्रिय सदस्य तथा क्षेत्र नं. ४ की निर्वाचन परिचालन कमिटिका संयोजक आरती भण्डारीले जानकारी दिनुभयो ।
घरदैलो कार्यक्रममा आम नेता तथा कार्यकर्ताहरुलाइ सहभागिता जनाउन समेत केन्द्रिय सदस्य भण्डारीले आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here