१५ दिनभित्र जुडिबेला र भैसहीको वन अतिक्रमण हटाउन परियोजनाको निर्देशन

0
181

रौतहट,२२ बैशाख
सागरनाथ वन विकास परियोजना सर्लाहीले रौतहटको दुई स्थानमा रहेको आफनो वन क्षेत्रको अतिक्रमण १५ दिन भित्र हटाउन सार्वजनिक सुचना जारी गर्दै निर्देशन दिएको छ । परियोजनाको मुर्तिया वन व्यवस्थापन शाखा अन्र्तरगत रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका —२ जुडिबेलाको ५२ हेक्टर र फतुवा बिजयपुर नगरपालिका —११ को भैसही क्षेत्रको २ सय हेक्टर जमिन खाली गर्न सार्वजनिक सुचना जारी गरेको हो ।
गत बैशाख १४ गते नै परियोजनाका निमित्त शाखा प्रमुख चन्द्रमोहन सिंहद्धारा हस्ताक्षरित सुचनामा १५ दिनभित्र अतिक्रमित क्षेत्र खाली गर्न भनिएको छ ।
सुचनामा भनिएको छ, ‘परियोजनाले वन अतिक्रमण गरी अनाधिकृत रुपमा गरिएका खेती हटाई क्रमशः बृक्षारोपन गर्ने कार्यक्रम रहेकोले कोही कसैले सो क्षेत्रमा खनजोत, खेतीबाली लगाउने कार्य तथा घर टहरा बनाउने कार्य नगर्नको साथै अतिक्रमण गरेको भए १५ दिन भित्र खाली गर्न सम्बन्धित सबैको जानकारीको लागी यो सुचना जारी गरिएको छ’ ।
अटेरी गरी अहिले पनि वालीनाली लगाउने र अनाधिकृतरुपमा संरचना बनाउने कार्य गरेमा पछि आर्थिक नोक्सानी हुनुको साथै कानुनी सजायको भागेदार त्यस्ता कार्य गर्ने व्यक्ती स्वयं नै हुने समेत उक्त सुचनामा उल्लेख गरिएको छ ।
फतुवा बिजयपुर नगरपालिका —११ को अतिक्रमित क्षेत्रमा करिब एक सय ५० घरधुरी बसोबास गदै रहेका छन । सो क्षेत्रमा पक्की तथा कच्ची घर बनाएर लामो समय देखी बसोबास गर्दै आइरहेका छन ।
चन्द्रपुर २ जुडिबेलामा भने बस्ती नबसेको र खास्नै अतिक्रमण नभएको स्थानिय बताउछन ।
सो क्षेत्रमा कति घरधुरी छन भन्ने यकिन गर्नको लागी सर्बे भइरहेको सागरनाथ वन विकास परियोजनाका प्रमुख खेमलाल बिश्वकर्माले जानकारी दिनुभएको छ । तोकिएको समय सिमा भित्र अतिक्रमण नहटाएर परियोजनाले नियम अनुसार कार्वाही अगाडी बढाउने समेत परियोजना प्रमुख विश्वकर्माले बताउनुभयो । अतिक्रमित घरटहरा तथा बालीनाली हटाएर परियोजनाको कार्यक्रम अनुसार सो क्षेत्रमा बृक्षारोपण गरिने समेत उहाँले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here