रौतहटमा दिगो वन ब्यबस्थापन कार्यक्रमबाट करिब साडे ५४ हजार क्युफिट काठ उत्पादन हुने

0
74

चन्द्रपुर,२२ बैशाख
डिभिजन वन कार्यालय रौतहट अन्र्तरगत संचालित दिगो वन ब्यबस्थापन कार्यक्रम र बिभिन्न सामुदायिक वन उपभोक्ता समुहबाट आर्थिक बर्ष २०८२÷०८३ मा करिब साडे ५४ हजार क्युफिट काठ उत्पादन हुने भएको छ ।
रौतहटको दिगो वन ब्यबस्थापन लागु भएका तिनवटा सामुदायिक वन उपभोक्ता समुह,एउटा साझेदारी वन उपभोक्ता समिति र बिभिन्न सामुदायिक वनको वन क्षेत्रबाट करिब साडे ५४ हजार ६०४ क्युफिट काठ उत्पादन हुने भएको हो ।
यसै बर्ष देखी चन्द्रपुर नगरपालिका वार्ड नं. ४ र ६ मा रहेको हातेमालो सामुदायिक वन उपभोक्ता समुह,चन्द्रपुर—३ मा रहेको तिलेश्वरनाथ र भोर्लेनी सामुदायिक वन उपभोक्ता समुह र रंगपुर साझेदारी वन उपभोक्ता समितिको वन क्षेत्रमा दिगो वन ब्यबस्थापन कार्यक्रम संचालन भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिनुभएको छ ।
डिभिजन वन अधिकृत साहका अनुसार रौतहटमा दिगो वन ब्यबस्थापन लागुभएको हातेमालो सामुदायिक वन उपभोक्ता समुहले आठ हजार ८६४ क्युफिट र १५ चट्टा दाउरा,भोर्लेनी सामुदायिक वन उपभोक्ता समुहबाट दश हजार २५ क्युफिट काठ र २६ चट्टा दाउरा,तिलेश्वारनाथ सामुदायिक उपभोक्ता समुहबाट सात हजार ५०६ क्युफिट काठ र १४ चट्टा दाउरा र रंगपुर साझेदारी वनबाट १७ हजार ३२७ क्युफिट काठ र २९ चट्टा दाउरा सहित उत्पादन भएको छ ।
उक्त तिनवटा सामुदायिक वन र एउटा साझेदारी वनबाट यस बर्ष मात्रै ४३ हजार ७२२ क्फुफिट काठ र ८४ चट्टा दाउरा उत्पादन भएको उहाँले जानकारी दिनुभएको छ ।
उक्त काठ उत्पादन गर्दा ३३ हजार ७७८ श्रमदिन रोजगार सृजना भएको समेत डिभिजन वन प्रमुख साहले जानकारी दिनुभयो ।
रौतहटको ४३ वटा सामुदायिक वन मध्ये यस बर्ष ३ वटा सामुदायिक वनमा दिगो वन ब्यबस्थापन कार्यक्रम लागु भएको र आउदो आर्थिक बर्षमा जन चाहना सामुदायिक वन उपभोक्ता समुह चन्द्रनिगाहपुर र जनएकता सामुदायिक वन उपभोक्ता समुह चन्द्रनिगाहपुरमा लागु हुने समेत उहाँले जानकारी दिनुभएको छ ।
उहाँले बृक्षारोपण कार्यक्रमलाई ब्यापक बनाउनको लागी ८० हजार जडिबुटीका बिरुवा, एक लाख ६० हजार ८ सय एक बर्षि र २ लाख बहुबर्षिय बिरुवा उत्पादन भइरहेको समेत जानकारी दिनुभयो ।
वन पैदावार आपुर्ति समिति मार्फत यस आर्थिक बर्षभित्र एक हजार ४२६ क्युफिट काठ बिक्री गरेको समेत डिभिजन वन प्रमुख साहले बताउनुभएको छ । अहिले काठको कुनै अभाब नभएको र प्रयाप्त मात्रामा काठ भएको कारण आपुर्ति समिति मार्फत मागेको बखत काठ उपलब्ध गराइरहेको समेत उहाले बताउनुभयो ।
रौतहटमा हाल सम्म तिन हजार १९० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा रहेको उहाँले जानकारी दिनुभएको छ ।
जस मध्ये एक हजार ४२५ हेक्टर चुरे क्षेत्र अतिक्रमणको चपेटामा छ भने भाबर तथा तराई क्षेत्रमा एक हजार ७४६ हेटर रहेको उहाँको भनाइ रहेको छ ।
सरकारद्धारा ब्यबस्थीत वनको एक हजार ३२८, हेक्टर,सामुदायिक वनको ७ सय ५४,साझेदारी वनको ९ सय ५ हेक्टर र सागरनाथ बृक्षरोपण क्षेत्रको २ सय १ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा रहेको छ ।
रौतहटमा ४३ वटा सामुदायिक वन ,३ वटा साझेदारी वन,४ वटा धार्मिक वन एक वटा ब्लक फरेस्ट ब्यबस्थापन वन रहेको समेत डिभिजन वन प्रमुख साहले बताउनुभएको छ ।
रौतहटमा ३० हजार १७७ हेक्टर अर्थात २९ प्रतिशत भुभाग वन क्षेत्रले ओगटेको छ जसमा सबैभन्दा बढी चन्द्रपुर,गुजरा,बृन्दावन र फतुवा बिजयपुर नगरपालिकाको भुभागमा वन क्षेत्र पर्दछ ।
डिभिजन वन प्रमुख साहले वन अतिक्रमण हटाउनको लागी पनि आवश्यक कार्य अगाडी बढाइएको समेत जानकारी दिनुभएको छ । यसैबर्षमा बिभिन्न स्थानका अतिक्रमित क्षेत्र हटाएको बताउदै उहाँले राज्यको निति अनुसार अन्य क्षेत्रको पनि वन अतिक्रमित क्षेत्र हटाउने जानकारी दिनुभयो ।
आफुले राज्य तथा जनताको हितमा काम गर्दागदै पनि केही तत्वले अनावश्यक उजुरी गर्ने गरेका कारण हतोसाहित हुनुपरेको समेत उहाँको धारणा थियो । सामुदायिक वन उपभोक्ता समुहलाइ सहि तरिकाले संचालन गर्नको लागी सकारात्मक भुमिका निर्वाह गदै आएको उहाँको भनाइ थियो ।
रौतहटको डिभिजन वन कार्यालय रौतहट चन्द्रनिगाहपुरले सोमबार आयोजित मिडियाकर्मी,वन कर्मचारी तथा पदाधिकारीको सयुक्त वन क्षेत्रको अनुगमन निरिक्षण कार्यक्रममा उहाँले वन क्षेत्रको संरक्षण र सम्र्बधनमा कमीकमजोरी गर्न कसैलाइ पनि छुट नभएको समेत बताउनुभएको थियो ।
यता सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष बेदहरी दाहालले राम्रा कामहरुमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । नराम्रा कामहरुको बिरुद्ध महासंघ पनि लाग्ने हुदा राम्रा कामहरुको लागी सहयोग गर्ने अध्यक्ष दाहालले बताउनुभयो । रौतहटमा केही सामुदायिक वनहरु वन संरक्षणमा राम्रो काम गरेका छन भने केही सामुदायिक वनका पदाधिकारीकै कारण बिग्रिएको अबस्थामा रहेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here