पशुको बाझोपन निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

0
120

चन्द्रपुर,२२ बैशाख
रौतहटको गुजरा नगरपालिकामा पशुको बाझोपन निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम एक दिने र पशुको बाझोपन निवारण सम्बन्धी २ दिने घुम्ती शिविर सोमबार सम्पन्न भएको छ ।
गुजरा नगरपालिकाको आर्थिक सहयोग हेफर प्रोजेक्ट नेपाल को प्राबिधिक सहयोग र जनकल्याण युवा समिति को सहजीकरण मा आर्थिक समृद्धि का लागि कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा यूवा उध्मशिलता बिकास साझेदारी कार्यक्रम अन्तर्गत पशुको बाझोपन निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
गुजरा नगरपालिको पशु सेवा शाखा प्रमुख नवल किशोर मिश्रको अध्यक्षतामा र राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानका कार्यालय प्रमुख शिवनाथ महतोको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्मपन्न भएको थियो ।
कार्यक्रममा राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानका पशु बिकास अधिकृत डा। भाजु राम महतो,सोहि कार्यालयका पशु बिकास अधिकृत डा। सत्यम गुप्ता,डा। सवल पोखरेल, हेफर इन्टरनेशनल नेपाल का पशु बिकास अधिकृत डा। प्रबिण सिहं,गुजरा नगरपालिका का कर्मचारी प्राबिधिक टिम, गुजरा नगरपालिकाका प्राइभेट पशुप्राबिधिकहरु, गुजरा नगरपालिका वडा नं २ का वडा अध्यक्ष अशोक कुमार खाँ थारु,वडा नं ३ का वडा अध्यक्ष गजेन्द्र चौधरी जनकल्याण युवा समिति का सम्पूर्ण कर्मचारी तथा सस्था का अध्यक्ष जवार मिया ज्यू फोकल पर्सन छोटेलाल प्रसाद गुप्ताको सहभागिता रहेको थियो ।
आइतबार र सोमबार दुइदिन गुजरा नगरपालिका वडा नं १ कोठीयारमा ३ वटा भैँसी ७ वटा गाइ , गुजरा नगरपालिका वडा नं २ ब्रहम टोल ,मैढा, हरिहरपुर महिढा, कटानी, गुजरा नगरपालिका वडा नं ३ पशुपति टोल,बलुवा र सिमरा, गुजरा नगरपालिका वडा नं ४ जंगलसहिया,पोखरभिन्डा, गुजरा नगरपालिका वडा नं ७ पल्टुवा र परसवा गरी जम्मा ९८ वटा बाझोपन, एआइ गर्दा पनि पटकपटक उल्टीरहने गरेका गाइ , भैसी र कोरली बाच्छीहरु को गोठ गोठमा नै गएर चेक गरी बस्तुहरुमा देखीएका समस्या समाधान गर्न आवस्यक पर्ने सम्पूर्ण उपचार , औषधि र गाइ भैसी लाइ हेरचाह खानपिन बारे कृषकहरुलाई जानकारी गराइएको जन कल्याण युवा समिति का कार्यक्रम संयोजक निर्मला सुवेदी अधिकारीले जानकारी दिनुभयो ।
कृषकहरुको आर्थिक समृद्धिका लागि पशुपालन मा कृषकलाई प्रोत्साहन गर्ने र कृषकहरुले पालेका गाइ भैसी बाट बास्तबिक आम्दानी गर्न सहज हुने बस्तुमा देखिने बिभिन्न समस्याको समाधान गर्न कृषकलाई पालिका पशु सेवा शाखा र स्थानीय प्राइभेट पशुप्राबिधिक हरु सँग सम्पर्क समन्वय गर्न अझ सजिलो बनाउन यस्ता कार्यक्रमको आयोजना गरेको उहाँले जानकारी दिनुभयो ।
शिविरमा अल्ट्रासाउन्ड मेशिन बाट पशुको गर्भ परिक्षण,प्रजनन् सम्बन्धि समस्या र परामर्श सेवा प्रदान गरिएको समेत उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here