रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको फुटवल खेल्ने बालबालिकाहरुलाई मंगलवार एक कार्यक्रमका वीच खेल सामाग्री वितरण गरिएको छ । खेल सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले अनुशासन र स्वास्थ्यका लागि खेलकुद अति नै आवश्यक भएको बताउनुभयो । उहाले अनुशासन विनाको जीवनले प्रगति गर्न नसक्ने र स्वस्थ जीवन विनाको जीवनको कुनै मूल्य नहुने बताउनुभयो । नगर प्रमुख काफ्लेले यतिखेर देश,विदेशमा चन्द्रपुर नगरपालिका, रौतहट र नेपालको नाम राख्न सफल भएका महिला फुुटवल खेलाडीको कडा मेहनत, अनुशासनकै कारण सफल भएको बताउनुभयो । उहाले अव चन्द्रपुर नगरपालिकामा गत पुस १७ गते एएफसी अन्तर्गतको ग्रासरुट कार्यक्रम चन्द्रपुर नगपालिका वडा नं. २ मा गर्न सफल भएकोले अव यस क्षेत्रमा महिला फुटवल खेलाडी उत्पादन गर्ने स्थलको रुपमा अगाडि बढाउने लक्ष्य चन्द्रपुर नगरपालिकाले राखेको बताउनुभयो । नगर प्रमुख काप्mलेले महिला फुटवल खेलाडीलाई अगाडि बढाउने उद्देश्यले यतिखेर २ जना प्रशिक्षकको व्यवस्था गर्दै खेलाडीहरुलाई आवश्यक पर्ने सम्पूर्ण खेल सामाग्रीहरु चन्द्रपुर नगरपालिकाले सहयोग गरेको बताउनुभयो । खस्किदै गएको महिला फुटवललाई अव नियमित प्रशिक्षण दिने तथा खेलाडीहरुलाई फुटवल खेल्ने वातावरण श्रृजना गर्न नगरपालिका सदैव तयार रहेको बताउनुभयो । बालबालिकाहरुले खेलप्रति देखाएको लगनशिलता, अनुशासन र खेल्ने इच्छा शक्ति राखेका कारण नगरपालिकाले उनीहरुको खेल्ने चाहना पुरा गर्ने काम गरेको बताउनुभयो । खाली खुट्टा खेलेका खेलाडीहरुको मनोवल बढाउन र महिला फुटवललाई अगाडि बढाउन यस क्षेत्रमा लगानी गरेको बताउनुभयो । बालबालिकाको भविष्य निर्माण गर्नका लागि खेलकुदलाई नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । खेलको माध्यमबाट देशभर नाम राख्ने भएकोले दक्ष र राम्रो खेलाडी उत्पादन गर्न नगरपालिकाले योजना बनाएको बताउनुभयो । अन्र्तराष्ट्रिय स्तरमा रौतहटका खेलाडीले राखेको नामको उच्च प्रशंसा गर्नुहुदै नगर प्रमुख संजय कुमार काप्mलेले उनीहरुलाई चन्द्रपुर नगरपालिकाले सम्मान गर्न बताउनुभयो । कार्यक्रम मधेश प्रदेश फुटवल संघका अध्यक्ष नेपाल कार्कीले खेलप्रतिको दृढ संकल्प, अनुशासन र अध्ययनलाई अगाडि बढाउन सके यस क्षेत्रमा राम्रो संभावना रहेको बताउनुभयो । कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक कमला थापाले बालबालिकालाई अनुशासित बनाउने मँध्यम खेल भएकोले खेलप्रति विद्यार्थीको झुकावको प्रशसा गर्नुभयो । कार्यक्रमका अध्यक्ष रौतहट जिल्ला फुटवल संघका अध्यक्ष भगवान दर्लामी(बुद्ध)ले सवैको सहयोग भए रौतहटको महिला फुटवल विश्वले प्रशंसा गर्न लायक बनाउने सकिने बताउनुभयो । नेपालले सन् २०३१ मा महिला विश्वकप खेल्ने लक्ष्य राखेर खेलाडीको क्षमता वृद्धि, खेलाडी उत्पादनमा जोड दिएकोले अव निकट भविष्यमै चन्द्रपुर नगरपालिका वडा नं. ६ मा रहेको फुटवल एकेडेमी संचालनको तयारीमा रहेको जानकारी दिनुभयो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले फुटवल, जर्सी, बुट लगायत विभिन्न खेलकुद सामाग्री हातिदमार युवा क्लवका अध्यक्ष प्रेम श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक कमला थापा लगायत खेलाडीहरुलाई हस्तान्तरण गर्नुभएको रौतहट जिल्ला फुटवल संघका कोषाध्यक्ष सुवोध गिरीले जानकारी दिनुभयो ।






