सप्तरंगी नेपालद्धारा सम्बन्धीत सरोकारवाला संग अन्र्तरक्रिया
चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा संप्तरंगी नेपालले सम्बन्धीत सरोकारवाला संग अन्र्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार होटल एन प्लाजामा सप्तरंगी नेपालले काम गर्दा देखेको समस्या र त्यसको समाधानको लागी उदेश्य राखेर सरोकारवालाहरु संग अन्र्तरक्रिया कार्यक्रम राखेको हो । कार्यक्रममा सप्तरंगी नेपालका कार्यक्रम संयोजक जिना रानाले सहजीकरण गर्नुभएको थियो ।
रौतहटमा तेश्रो लिंगी खुलेर आएको भएता पनि उनीहरुले दक्षता र क्षमता अनुसारको रोजगार नपाएको कार्यक्रम संयोजक रानाले जानकारी दिनुभएको थियो । सप्तरंगी नेपाल रौतहटमा आए देखी तेश्रो लिंगीलाइ हेर्ने नजरमा पनि सकरात्मक रुपमा बिकाश भएको उहाले जानकारी दिनुभयो । रौतहटमा करिब ५ सय देखी ८ सय सम्म तेश्रो लिंगी रहेको समेत रानाले जानकारी दिनुभयो ।
कार्यक्रम संयोजक रानाले रौतहटमा तेश्रो लिंगीको अबस्था बारे जानकारी गराउनु भएको थियो । सप्तरंगी नेपालले रौतहटमा मानब अधिकार सम्बन्धी कार्यक्रम,एचआइभि रोकथामको बारेमा काम गदै आएका र बिगतमा दिनमा कोभिडको महामारीमा राहत बितरण जस्ता कार्य गदै आएको उहाले जानकारी गराउनुभएको थियो । आउदो मंसिर ४ गते हुने निर्वाचनमा पनि आम मतदाताहरुलाइ मतदाता शिक्षा दिने कार्यक्रम समेत रहेको रानाले जानकारी दिनुभयो ।
उक्त अन्र्तरक्रिया कार्यक्रममा चन्द्रनिगापुर अस्पतालका मेसु संन्दिप साह,चन्द्रपुर नगरपालिका वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी,चन्द्रपुर नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख चन्द्रकला बराल,इन्सेक प्रतिनिधि कोपिला तिमलसिना,नेकपा एमालेका निर्बतमान सचिब बाल बिक्रम कार्की,ए नेकपा माओबादी केन्द्रका नेता एकराज थापा,पत्रकार संजय कार्की,रमेश तिमलसिना,राकेश यादब लगायतको सहभागिता रहेको थियो ।