चन्द्रपुर – रौतहटको बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीको बिरुद्ध नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओबादी र जसपा आन्दोलनमा उत्रिएका छन । नगर प्रमुख कुर्मीले चरम भ्रष्ट्रचार गरेको भन्दै नेकपा एमालेको तर्फबाट नगर प्रमुख प्रत्यासी प्रेम शंकर यादब,कांग्रेसका नगर प्रमुख प्रत्यासी तथा पुर्व नगर प्रमुख राम स्नेही यादब र नेकपा माओबादीका नगर प्रमुख प्रत्यासी राम प्रसाद पटेल एकबद्ध भएर आन्दोलन शुरु गरेका छन । शुक्रबार बिश्रामपुरमा कोणसभा गदै चार वटै दलका नेताहरुले नगर प्रमुख कुर्मीको गलत रबैयाले नगरपालिका तहस नहस भएको बताए । नगर प्रमुख कुर्मीले खोला उत्खननका लागि ठेक्का नलगाएर आफ्ना खेताला लगाएर पैसा खाने गरेको समेत उनीहरुको आरोप छ । बागमती खोला उत्खननका लागि ठेक्का लगाउनु पर्नेमा मेयर कुर्मीले आफ्नै भाई भजितलाई दैनिक ज्यालादारीका काममा राखेर खोला उत्खननको अमानतमा काम दिएको भन्दै आज स्थानीयले कर उठाउने घरनै तोडफोड गरेकाछन् । आज दिउसो रमौली घाटमा पुगेका स्थानीयले मेयरले मनपरी गरेको भन्दै कर उठाउनका लागि बनाईएको खरको छाप्रोनै तोडफोड गरेका थिए ।
मेयर कुर्मीले खोला ठेक्का नलगाएर आफ्ना मान्छेलाई अमानतमा खोला उत्खननको पुर्जि काटन लगाएको भन्दै कर उठाउने छाप्रोनै भत्काएको नेकपा एमालेका नगर प्रमुख प्रत्यासी प्रेम शंकर यादबले बताए ।
चुनाव खर्च उठाउनका लागि मेयर कुर्मीको मिलेमतोमा एक टिफरको पुर्जी काटेर चार टिम नदिजन्य पदार्थ पठाएर आर्थिक अनियमिता गरेको भन्दै आफुहरुले खोला उत्खननमा रोक लगाएको पुर्व मेयर रामस्नेही यादबले बताए ।