चन्द्रपुर – आउदो जेठ ३ गते नेकपा एमाले चन्द्रपुर नगर कमिटीको आयोजनामा मदन आश्रित स्मृति दिवसको उपलक्षमा “ जननेता मदन भण्डारी र जवज को सान्दर्भिकता “ बिषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रम गर्ने भएको छ । पार्टीमा लामो समय योगदान गरेका,कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण भुमिका खेलेका पार्टी सदस्य तथा सुभचिन्तक मध्यबाट प्रत्यक वडाबाट वडा कमिटीको सिफारिसको आधारमा बढिमा ३÷३ जना , चन्द्रपुरमा रहेर विभिन्न विधामा महत्त्वपूर्ण योगदान गर्ने मध्यबाट छनौट गर्ने निर्ण भएको एमालेका नगर अध्यक्ष आचार्यले जानकारी दिएका छन । यस्तै बैठकले चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति को हरहिसाब बारे गठित छानविन समितिलाई तदारुकताका साथ छानबिन गरि सत्य तथ्य बाहिर ल्याउन आग्रह गर्ने समेत निर्णय भएको आचार्यले जानकारी दिए ।
नेकपा एमाले चन्द्रपुर नगर संसदिय दलको बैठक सम्पन्न भएको छ । बैठकले चन्द्रपुर नगरपालिकाका वाड नं. १० का वडाअध्यक्ष टंकेश्वर चौधरी संसदीय दलको नेता र ४ का वडा अध्यक्ष रवि राना मगर उपनेतामा चयन भएका छन । साथै एमालेका चन्द्रपुर नगर अध्यक्ष शिव आचार्यको संयोजन तथा बावुराम दाहाल र मुना लामीछाने सह संयोजक रहेको नगर संसदीय वोर्ड र सदस्यहरुमा सम्पुर्ण वडा अध्यक्ष र सदस्य का प्रत्यासिहरु रहेको नेकपा एमाले चन्द्रपुर नगर कमिटीका अध्यक्ष शिव आचार्यले जानकारी दिए ।
बैठकले चन्द्रपुर नगर पालिका मा भईरहेको गतिविधि वारे जानकारी लिन गत स्थानीय निर्वाचन मा निर्वाचित वडा अध्यक्ष र सदस्यहरु तथा निर्वाचनमा सहभागी सम्पुर्ण हरुको बैठक राखि छलफल गरेको थियो ।