Tuesday, May 21, 2024

स्थापना दिवशको अबसरमा युवा संघ रौतहटद्धारा अनाथलयका बालबालिकाको लागी खाद्यन्न सहयोग

ताजा / भरखरै प्राप्त

चन्द्रपुर÷ नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको ३४ औ स्थापना दिवशको अबसरमा रौतहट जिल्ला कमिटिले सोमबार एक अनाथलयका बालबालिकाहरुलाइ खाद्यन्न सहयोग गरेको छ ।
राष्ट्रिय युवा संघ रौतहटका युवाहरु मिलेर संघको ३४ औ स्थापना दिवशको अबसर पारेर रौतहटको गरुडामा रहेको बंशीराम अनाथलय आश्रमका बालबालिकाहरुलाइ खाद्यन्न सहयोग गरेका हुन ।
स्थापना दिवशको अबसर पारेर सो अनाथलयमा करिब २५ हजार मुल्य बराबरको खाद्यन्न समाग्री हस्तान्तरण गरेको राष्ट्रिय युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादबले जानकारी दिएका छन ।
युवा संघ रौतहटले ८ बोरा चामल,२ बोरा आलु,१ बोरा दाल,१ बोरा चिउरा,१ बोरा भुजा,१ बोरा नुन,२ कार्टुन चाउचाउ,१० लिटर खाने तेल लगायत गरी करिब २५ हजार मुल्य बराबरको खाद्यन्न सहयोग गरेको रौतहट अध्यक्ष यादबले बताए ।
सो अनाथलयमा २९ जना बालबालिका रहेका छन । राष्ट्रिय युवा संघ मानब सेवामा सधै तल्लीन रहने संस्था भएको भएको कारण पनि यस्ता किसिमका कार्यक्रम निरन्तर रुप गरिरहेको र गरिरहने यादबले बताए ।
उक्त कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य बजरंगी गुप्ता,रौतहट जिल्ला सचिब सन्तोष साह,युवा संघका जुझारु नेता रमेश गोले,युवा संघको बिभिन्न नगरपालिकाका नगर अध्यक्षहरु लगायतको उपस्थीती रहेको थियो ।
युवा संघको ३४ औ स्थापना दिवशको अबसरमा देशभरी नै बिभिन्न किसिमका कार्यक्रम भइरहेका छन । सोही अनुसार रौतहटले पनि अनाथलयलाइ खाद्यन्न सहयोग गरेको उनीहरुले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles