नव नियुक्त भौतिक पुर्वाधार बिकाश मन्त्री यादबलाइ चन्द्रनिगाहपुरमा भब्य स्वागत

0
332

चन्द्रपुर – मधेश प्रदेश सरकारका नव नियुक्त भौतिक पुर्वाधार बिकाश मन्त्री कृष्ण यादबलाइ रौतहटको चन्द्रनिगाहपुरमा भब्य स्वागत गरिएको छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेको सक्रियतामा मन्त्री यादबलाइ भब्य स्वागत गरिएको हो । चन्द्रपुर नगरपालिकाको कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उप प्रमुख जयमाला चौधरी,नेपाली कांग्रेसका पुराना नेता अनन्त कोइराला,नेपाली कांग्रेसका नेता तथा मधेश प्रदेशका पुर्व संसद धनलाल ठोकर,चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारी,वाड अध्यक्षहरु,नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो । स्वागत कार्यक्रममा मन्त्री यादबले समग्र मधेश प्रदेशको भौतिक पुर्वाधारका बिकाशहरुको काममा सक्रिय भएर काम गर्ने बताएका छन । यसैगरी चन्द्रनिगाहपुरको अशोका होटलमा पनि मन्त्री यादबलाइ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए । रौतहट क्षेत्र नं. १ ख बाट निर्वाचित कृष्णा यादब नेपाली कांग्रेसका मधेश प्रदेश सभापति पनि हुन । नवनियुक्त मन्त्री यादबले आज पद तथा गोपनीयताको शपथ लिएका थिए । यादब नेपाली कांग्रेसका संसदीय दलका पनि हुन । यसैगरी नेपाली कांग्रेसका मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन । यस्तै एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन ।उनीहरुलाइ प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here