गाउमा कसैले लागु औषध प्रयोग गरेको देखे प्रहरीलाइ खबर गर्ने अभिभाबकको उदघोष

0
358

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ७ नया बस्तीका बासिन्दाले गाउमा कसैले लागु औषध सेवन गरेको देखे तुरुन्त प्रहरीलाइ खबर गर्ने प्रतिबद्धता जनाएका छन ।
बिहीबार सोही गाउमा धुम्रपान,कुलत र्दुब्यसन तथा सुर्तिजन्य पदार्थको प्रयोग बिरुद्ध अन्र्तरक्रिया कार्यक्रममा स्थानिय अभिभाबकहरुले उक्त प्रतिबद्धता जनाएका हुन ।
हाम्रो ग्रामिण समाजको निमित्त परिर्वतन र बिकाश चन्द्रपुर ९ को आयोजना र नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ,स्वास्थ्य कर कोषको सचिवालय सिंहदरवारको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा सहभागिहरुले अब गाउमा दुब्र्यसनी नियुनिकरणको लागी अभियान नै चलाउने बताए ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ७ का वाड अध्यक्ष बिष्णु प्रसाद उप्रेतीले लागु औषध सेवनका कारण धेरै युवाहरुल आफनो भबिष्य अन्यौल बनाएको अबस्थामा यस्तो कार्यक्रमले समाजमा प्रभाबकारी भुमिका निर्वाह गर्ने बताए ।
युवाहरुलाइ समयमै लागु औषध सेवनबाट जोगाउन र कुलतमा फस्न नदिन उनले आम अभिभाबकहरुलाइ आग्रह समेत गरेका छन ।
धुम्रपान,कुलत र्दुब्यसन तथा सुर्तिजन्य पदार्थको प्रयोगको प्रयोगले यसभेगका धेरै युवाहरुको भबिष्य चौपट भएको स्थानिय युवा दिपेन्द्र तिवारीले बताए ।
लागु औषध प्रयोगकर्तालाइ अब गाउमा नै निषेध गर्ने तिवारीले बताए ।
हाम्रो ग्रामिण समाजको निमित्त परिर्वतन र बिकाशका अध्यक्ष प्रमोद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजेश ठाकुरले बिषयबस्तु माथि प्रशिक्षण दिएका थिए ।
लागु औषधको प्रयोगले स्वास्थ्यमा पार्ने असर र समाजलाइ पार्ने असर बारे शाखा प्रम्ुख ठाकुरले प्रकाश पारेका थिए ।कार्यक्रममा प्रहरी चौकी बनबहुअरीका असइ,स्वास्थ्यकर्मी,स्थानिय सरोकारवालाहरुको बाक्लो उपस्थीती रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले गाउमा कसैले लागु औषध प्रयोग गरेको वा ओसार पसार गरेको थाहा पाएमा तुरुन्त प्रहरीलाइ खबर पर्ने प्रतिबद्धता जनाएका थिए । सो गाउमा बिभिन्न बजारका युवाहरु आएर लागु औषध सेवन गर्ने गरेको स्थानियले बताउदै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here