युवा संघको मधेश प्रदेश उपसचिबमा रौतहटका साह निर्वाचित

0
244

रौतहट,भदौ २२
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको मधेश प्रदेश कमिटिको उपसचिबमा रौतहटका ओम प्रकाश साह निर्वाचित भएका छन । बिहीबार जनकपुरमा सम्पन्न प्रथम अधिवेशनले साहलाइ युवा संघको मधेश प्रदेश कमिटिको उपसचिबमा निर्वाचित गराएको हो ।
संघको प्रथम अधिवेशनले युवा संघको मधेश प्रदेश अध्यक्षमा बाला अधिकारी निर्वाचित भएका छन । यसैगरी समितिका उपाध्यक्ष विशाल शाह,सचिवमा अशोक महतो,सहसचिव क. ओमप्रकाश शाह ,सहसचिव क. नुरुल्ला अन्सारी ,कोषाध्यक्ष सुदर्शन काफ्ले लगायत सर्वसहमत ६३ सदस्यीय प्रदेश कमिटी चयन भएको युवा संघका रौतहट अध्यक्ष मुन्ना यादबले जानकारी दिएका छन ।
यसैगरी मधेश प्रदेश सदस्यमा सन्जिव यादव, कन्हाई ठाकुर ,शेख जमालुदीन, मो तुफैल, सुभाष यादव, मो आजाद आलम र शालू मिश्र निर्विरोध निर्वाचित भएको रौतहट अध्यक्ष यादबले जानकारी दिए ।
उक्त अधिवेशननेकपा एमालेका केन्द्रिय सचिब तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । अधिवेशनमा राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेत,एमाले नेता लिलाराज श्रेष्ठ,सरोज यादब लगायतले एमाले पार्टीमा युवा संघको भुमिका बारे बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here