डेंगु रोगको बिरामी बढन थालेपछि चन्द्रपुरमा लामखुट्टे मार्ने औषधी छिटन शुरु

0
398

चन्द्रपुर,२४ भदौ
रौतहटको चन्द्रपुर नगरपालिकाले लामखुट्टे मार्नका लागि ल्याएको कीटनाशक औषधि (लामखुट्टे नियन्त्रण गर्ने थर्मल स्प्रे) छर्कने काम आइतबारबाट शुरु भएको छ ।
आइतबार चन्द्रपुर नगरपालिका वाड नं. ६ को मोथियाही गाउबाट औषधी छिटने कार्य नगर प्रमुख संजय काफले आफैले शुरु गरेका छन । गर्मी बढेसँगै केही दिन लगातार वर्षा भएपछि बढ्दो लामखुट्टे र डेंगी नियन्त्रणका लागी औषधी छिटने कार्य शुरु गरेको नगर प्रमुख काफलेले बताए ।
चन्द्रपुर नगर क्षेत्रको १० वटै वाडमा लामखुट्टे मार्नको लागी औषधी छिटने उनले जानकारी दिएका छन । औषधी एक महिला अगाडी आएको भएतापनि बर्षा तथा बिभिन्न प्राबिधिक कारणले औषधी छिटनको लागी समस्या भएर ढिलो भएको नगर प्रमुख काफलेले बताए । अब निरन्तर रुपमा सबै वाडहरुमा औषधी छिटने कार्य तिब्र गतिमा हुने उनले प्रतिक्रिया दिएका छन ।
गर्मी बढेसँगै केही दिन लगातार वर्षा भएपछि बढ्दो लामखुट्टे र डेंगी नियन्त्रणका लागि बाराको पथलैयास्थित केन्द्रीय मेडिकल स्टोरबाट नगर प्रमुख काफ्लेको पहलमा एक महिनाअघि किटनाशक औषधि ल्याएइको थियो ।
केही दिन यता चन्द्रनिगाहपुरमा डेंगुका बिरामी बढन थालेका छन । डेंगु लागेर चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष रबि राना मगर आफै बिरामी परेका छन । चन्द्रनिगाहपुर सरकारी अस्पतालमा एक हप्तामा १२ जना डेगुका बिमारी फेला परेको डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन ।
यो संख्या बढदै जान सक्ने उनले बताए । यता चन्द्रनिगाहपुरमा रहेको सिम्स अस्पतालमा पनि एक हप्तामा २० जना भन्दा बढिमा डेगु रोग देखा परेको छ ।
सिम्स अस्पतालका डाक्टर राम किशोर साहका अनुसार एक सातामा समान्य ज्वरो आएर चेक गराउन आउनेहरुको चेक जाचका क्रममा डेगु रोग फेला परेको हो ।चन्द्रनिगाहपुरमा रहेका अन्य निजि अस्पतालमा समेत डेगु रोगका बिमारी फेला परेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here