Saturday, June 22, 2024

रौतहट प्रहरी प्रमुख श्रेष्ठ र संचारकर्मी बिच अन्र्तरक्रिया कार्यक्रम

ताजा / भरखरै प्राप्त

चन्द्रपुर,२६ भदौ
भर्खरै आएका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख महेन्द्र बहादुर श्रेष्ठ र चन्द्रनिगाहपुरका संचारकर्मी बिच चन्द्रनिगाहपुरमा परिचयात्मक तथा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पत्रकार र प्रहरी उपरिक्षक श्रेष्ठ बिच अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम भएको हो । कार्यक्रममा सुरक्षाको माम्लामा पत्रकारको साथ रहेको अपेक्षा गरेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । पत्रकार र प्रहरीको फिल्ड एकै प्रकारको र उदेश्य पनि एकै रहने हुदा सहकार्यको अपेक्षा गरको उनको भनाइ रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले समग्र जिल्लाको अबस्था र प्रहरीले निभाउनु पर्ने भुमिका बारे धारणा राखेका थिए ।
उक्त कार्यक्रममा प्रेस युनियका केन्द्रिय सदस्य संजय कार्की,प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिमलसिना,प्रेस सेन्टरका रौतहट अध्यक्ष सुब्बा कार्की, तराइ एक्सप्रेस दैनिकका प्रधान सम्पादक अशोक कुमार पहाडी,प्रेस चौतारी नेपाल रौतहटका सचिब मुकेश कुमार साह,प्रेस युनियन रौतहटका सचिब सागर हुमागाई,प्रेस चौतारी नेपाल रौतहट शाखाका पुर्व सचिब बाल बिक्रम कार्की, प्रेस चौतारी नेपाल रौतहट शाखाका सहसचिब राकेश यादब,प्रेस समाजबादीका सहसचिब रुपेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एक नारायण कोइराला,जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक शुशिल आचार्य,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक गायत्रीराज शर्मा लगायतको उपस्थीती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles