चन्द्रपुर,२६ भदौ
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा संचालित स्वस्तीक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष २०७९÷०८० मा ५० लाख भन्दा बढी मुनाफा कमाएको छ ।
मंगलबार चन्द्रनिगाहपुरमा आयोजित सो संस्थाको ११ औ साधारण सभामा सो जानकारी गराइएको थियो । संस्थाका अध्यक्ष नरेन्द्र बहादुर रानाले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गदैं ७२ लाख ४० हजार भन्दा बढी मुनाफा कमाउने संस्थाको लक्ष्य भएतापनि ५० लाख ६९ हजार ८ सय रुपैया नाफा कमाउन सफल भएको जानकारी दिनुभयो ।
स्वस्तीक बचत तथा ऋण सहकारी संस्थाका बाल बचत,किशोर किशोरी बचत,शैक्षिक बचत,जेष्ठ सदस्य बचत,समुह बचत,अनिवार्य बचत,एच्छिक बचत,स्वास्थ्य तथा भैपरी आउने बचत,मासिक बचत,दैनिक बचत र अबधिक बचत गरी ११ प्रकारको बचतका योजनाहरु रहेको अध्यक्ष रानाले जानकारी दिएका छन । यसैगरी आपतकाली ऋण,कृषि तथा पशुपालन ऋण,घरआयसी ऋण,साना सवारी साधन ऋण,शैक्षिक ऋण,लघु उद्यम ऋण र साना उद्योग तथा ब्यबसाय ऋणी गरी ७ प्रकारका ऋण संस्थाले प्रवाह गदै आएको अध्यक्ष रानाले जानकारी दिनुभएको थियो ।
यसैगरी सो साधरण सभामा संस्थाकी कोषाध्यक्ष मुना सुबेदीले संस्थाको आर्थिक बर्ष २०८०÷०८१ को योजना तथा बजेटको बारेमा प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष सुबेदीले चालु आर्थिक बर्षको अन्त्य सम्म १ सय ५८ वटा बचत समुह, र सदस्य संख्या ४ हजार ५ सय ९१ ज्ना पुराउने लक्ष्य राखेको जानकारी दिनुभएको छ ।
कार्यक्रममा संस्थाका ब्यबस्थापक होम बहादुर थापाले संस्थाको मुल्यमान्यता,निति र संस्था संचालनका अभ्यासहरु बारे जानकारी गराउनु भएको थियो । हाल सम्म यस संस्थाका ४ हजार १ सय ७१ जना सदस्य रहेको उहाले जानकारी दिनुभयो ।
संस्थाको लेखा सुपरिवेक्षण समितिको बार्षि प्रतिबेदन संस्थाकी लेखा संयोजक पुष्पलता चौधरीले प्रस्तुत गर्नुभएको थियो ।
सो साधरण सभाकी प्रमुख अतिथि तथा रौतहट बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देबकी नेपालले स्वस्तीक बचत तथा ऋण सहकारी संस्थाले आउदा दिनहरुमा अझै सफलता मिलोस भन्दै शुभकामना दिनुभएको थियो । सहकारी संस्थाले सहकारीको मर्म बुझेर काम गदौ सफलता मिल्ने उहाको भनाइ रहेको थियो । कार्यक्रमा चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नसरे आलमले सहकारीको मुलमन्त्रलाइ सहकारी संचालकहरुले कहिल्यै पनि बिर्सन नहुने बताउनुभएको थियो । सो साधरण सभामा नब बिकाश साकोसका सचिब राजेन्द्र तिवारी,चन्द्रोदय साकोसका उपाध्यक्ष राम शरण गौतम, संकल्प साकोसका कोषाध्यक्ष बलराम गौतम,रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडका सचिब बाल कुमार लामा, एकिकृत साकोसका संचालक बंशिधर गुरो लगायतको शुभकामना दिनुभएको थियो ।
संस्थाका अध्यक्ष नरेन्द्र रानाको सभापतित्वमा संचालन भएको कार्यक्रमको संचालन कोषाध्यक्ष मुना सुबेदीले गर्नुभएको थियो ।