चन्द्रपुर,२८ भदौ
रौतहटको चन्द्रनिगाहपुरमा होटल संघ नेपाल मधेश प्रदेश समितिको आयोजनामा २० जनालाइ कुकको तालिम दिइएको छ । गत भदौ २२ गते देखी चन्द्रनिगाहपुरको तराइ इन होटलमा संचालन भएको ७ दिने तालिमको समापन आज बिहिबार भएको हो ।
तालिमको समापन कार्यक्रममा होटल संघ नेपालका मधेश प्रदेश अध्यक्ष तथा कार्यक्रमका सभापति बिजय कुमार झुनझुनाले हानले मधेश प्रदेशमा गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो । होटलको गुणस्तरीयतामा मुख्य हात किचेनमै रहेको हुदा तालिम प्राप्त परिक्षारर्थीहरुले आफनो पुर्ण जिम्मेबारीका साथ काम गर्न अध्यक्ष झुनझुनाले आग्रह गर्नुभएको छ ।
कार्यक्रमका अतिथि तथा प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्कीले होटलको गुणस्तरीयताका संचालकहरुले ध्यान दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा माउण्ट एभरेष्ट आबासिय माबिका कार्यकारी निर्देशक बिमल दाहाल,सेफ एसुसेसनका अध्यक्ष श्याम लामा लगायतको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका सभापति तथा हानका मधेश प्रदेश अध्यक्ष झुनझुनाले तालिम प्राप्त परिक्षार्थीहरुलाइ प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिमलसिना,प्रेस सेन्टरका रौतहट जिल्ला अध्यक्ष सुब्बा कार्की,होटल संघ रौतहटका महासचिब मदन तिमलसिना लगायतको आतिथ्यता रहेको थियो ।
यस्ता किसिमको तालिमले होटलको गुणस्तरीयतामा ठुलो सहयोग पुग्ने होटल संघ नेपाल मधेश प्रदेशका महासचिब रामचन्द्र शिवाकोटीले जानकारी दिनुभएको छ । होटललाइ कस्तो बनाउने भन्ने मुख्य हात किचन नै भएको हुदा हानलाइ यसलाइ प्राथामिकताका दिएको महासचिब शिवाकोटीको भनाइ रहेको छ । सो कार्यक्रममको संचालन महासचिब शिवाकोटीले नै गर्नुभएको थियो ।