Saturday, June 22, 2024

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

ताजा / भरखरै प्राप्त

रौतहट,३ असोज
संबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा गौर कारागारमा रहेका बिभिन्न मुद्दाका १० जना कैदिहरुको बाँकी कैद कट्टा भएर रिहा भएको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन ।
सवारी ज्यान मुद्दाका ४ जना, कर्तव्य ज्यान मुद्दाका १ जना,बहुबिवाह मुद्दाको २ जना , कुटपिट अँगभँग मुद्दाको १जना,डाँका मुद्दाको १जना र चोरी मुद्दाको १ जना गरी १० जना कैदि रिहा भएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles