चन्द्रपुर,३ असोज
रौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।
नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि भनेर किसानलाई बाडेको धानको बीउ भदैया धान परेपछि किसानहरु नराम्ररी प्रभाबित भएका छन । चन्द्रपुर नगरपालिका वाड नं. २ का किसान कल्याण कार्कीले समाजिक संजाल फेसबुकमा धानको फोटो पोष्ट गदै यस्तो गुनासो गरेका हुन । नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि भनेर किसानलाई बाडेको धानको बीउ भदैया र ठीमा परेपछी एउटै खेतमा थरी थरीको धान पसाउदा किसानहरू निराश भएको भनेर बुधबार फोटो पोष्ट गरेका हुन ।
उनले भनेका छन ‘किसानहरूकै हितका लागि भनेर स्थापना गरीएको कार्यालय बाटै चरम लापर्बाही हुदा समेत सबै मौन छन, किसानहरूको मेहनत र परीश्रम माथि खेलबाड गर्ने जोसुकै भए पनि कडा भन्दा कडा कारबाही हुनुपर्छ’ ।