चन्द्रपुर,६ असोज
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ चन्द्रनिगाहपुर बजारमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ४० करोड भन्दा बढी निक्षेप रहेको जनाएको छ । शनिबार जन ज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा संस्थाको १५ औ साधरण सभामा संस्थाका अध्यक्ष बिभु कुमार पोखरेलले सो जानकारी गराउनु भएको हो ।
साधरण सभामा संस्थाका अध्यक्ष पोखरेलले आर्थिक बर्ष २०७९÷८० मा सो संस्थाको ४० करोड ४३ लाख ८९ हजार ७ सय ७ रुपैया निक्षेप रकम रहेको जानकारी दिएका थिए । यसैगरी आर्थिक बर्ष २०७९÷८० सम्ममा संस्थाले ५० करोड ४५ लाख ८१ हजार ६ सय ४० रुपैया ऋण लगानी गरेको पनि संस्थाका अध्यक्ष पोखरेलले जानकारी दिनुभएको थियो ।
गत असार मसान्त सम्ममा ४ हजार ६४ जना शेयर सदस्य रहेको र ६ करोड २८ लाख ४ हजार ३ सय रुपैया शेयर पुजी रहेको समेत उहाले साधरण सभामा जानकारी गराउनु भएको थियो । संस्थाको हाल सम्म ६३ करोड ४१ लाख ३७ हजार ८ सय ४२ रुपैयाको कुल सम्पती रहेको समेत उक्त साधरण सभामा जानकारी गराइएको थियो ।
साधरण सभामा संस्थाका सचिब कुल बहादुर थापाले गत आर्थिक बर्षमा संस्थाले सम्पादन गरेका बार्षिक कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । यसैगरी संस्थाका कोषाध्यक्ष बलराम प्रसाद गौतमले गत आर्थिक बर्षको आर्थिक बिबरण तथा चालु आर्थिक बर्षको लागी बार्षिक लक्ष्य तथा बजेट बारे प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै संस्थाका लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक गणेश पौडेलले संस्थाको प्रशासनिक तथा संस्थागत सुशासनको अबस्था तथा संस्थागत नितिको बिकाश,कार्यन्वयन र समिक्षा बारे बोल्नुभएको थियो ।उक्त साधरण सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी,गुन्जन एफएमका स्टेशन प्रमुख संजय कार्की,पत्रकार पवन घिमिरे लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष बिभु कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भएको साधरण सभामा यस बर्षका उत्कृष्ठ ऋणी तथा बचतकर्तालाइ सम्मान समेत गरिएको थियो ।
संस्थाका जेष्ठ शेयर सदस्य शिव माया बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको सो कार्यक्रमको संचालन संस्थाका सचिब कुल बहादुर थापाले गर्नुभएको थियो ।