Thursday, April 25, 2024

बलत्कार आरोपमा संदिप लामिछाने दोषि ठहर,७ देखी १० बर्ष जेल सजाय हुन सक्ने

ताजा / भरखरै प्राप्त

काठमाण्डौ,१३ पुस
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर्याएको हो ।न्यायधीशले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेका छन् ।मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ ९ङ० अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् ।यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । कति वर्ष सजाय भन्ने अहिले निर्धारण भएको छैन ।अदालतले गौशाला २६ लाई बालिग ठहर्याएको छ । उमेरले बालिग भएपनि जबरजस्ति करणी गरेको भन्दै अदालतले सन्दीपलाई सजाय सुनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles