Thursday, April 25, 2024

सिमा क्षेत्रबाट सेटिङमा तस्करी

ताजा / भरखरै प्राप्त

रौतहट,१४ माघ । रौतहटको बिभिन्न नाकाबाट तस्करीको लाईल खुल्ला समाचार प्राप्त भएको छ । सिमा क्षेत्रमा बस्ने नेपाल प्रहरी ,सशस्त्र प्रहरीकै मिलेमतोमा रौतहटका बिभिन्न नाकाबाट खुलेयाम तस्करी सुरु भएको जानकारहरुको भनाइ रहेको छ । भारतबाट भन्सार छलेर ल्याइएका बिभिन्न समान रौतहटको बिभिन्न नाका भएर देशका बिभिन्न स्थानमा पुग्ने गरेको छ । प्रहरी प्रशासनको मिलेमतोमा रौतहटका नामुद तस्करहरुले तस्करीको लाईन पाएको नाम नबताउने सर्तमा एक ब्यबसायीले बताएका छन । गरुडाका ब्यपारी धर्मनाथ जयसवालको नेतृत्वमा तस्करीको लाईन लिएको ति ब्यबसायीले जानकारी दिए । साभार ः तराइ एक्सप्रेस दैनिक अनलाइनबाट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles