लोकतन्त्र प्राप्तीको लागी शहिदको अतुलनिय योगदान— नगर प्रमुख काफ्ले

0
219

चन्द्रपुर,१६ माघ
रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले लोकतन्त्र प्राप्तीको लागी शहिदहरुको अतुलनिय योगदान रहेको बताउनुभएको छ । सोमबार रौतहटको चन्द्रनिगाहपुरमा सहिद दिवसको अवसरमा बाल निकेतन माबिले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख काफलेले यस्तो बताउनु भएको हो । शहिद दिवश तथा खेल सप्ताहको उद्घाटन गदै नगर प्रमुख काफ्लेले शहिदहरुले आफनो ज्यानको प्रवाह नगरी योगदान गरेकै कारण अहिले स्वतन्त्र भएर बाच्न र बोल्न पाएको बताउनु भयो । खेलको माध्यमले विद्यालय मात्र नभई वडा र नगरको नै पहिचान बनाउने भएकाले बालबालिकालाई खेलकुदमा अभिप्रेरित गर्नु पर्ने धारणा राख्नुभयो । विश्वका कयौ देशहरु खेलबाट नै परिचित रहेको उल्लेख गर्दै उहाँले नेपालले पछिल्लो समय खेलकुदमा फड्को मारेको बताउनुभयो । खेलकुदको माध्यमले विश्वका विभिन्न देश चिनिनुका साथै आर्थिक अवस्था समेत बलियो भएको उहाँको भनाई छ । नेपालले पनि यस तर्फ ध्यान दिन आवश्यक रहेको उहाँले औल्याउनुभयो । नगरपालिकाले यहाँका प्रायः हरेक खेलकुदको कार्यमा सहयोग गर्दै आएको उहाँले दावी गर्नुभयो । खेलले मानिसमा अनुशासित, स्वस्थ, नियमपालन लगायतका अनेर्कौ कुराहरु सिकाउने उहाँको भनाई छ । कार्यक्रममा ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नेत्र प्रसाद शर्माले सहिद दिवसको अवसर पारेर विद्यालयले गरेको खेल सप्ताह सुरु गरेकोमा प्रशंसा गर्नुभयो । सहिदको महत्व हरेक बालबालिकाले वुझ्न आवश्यक रहेको भन्दै उहाँले यस्ता किसिमका कार्यक्रम हुनु पर्ने धारणा राख्नुभयो । स्वास्थ्यका लागि पनि खेलकुद आवश्यक रहेकाले विद्यालयस्तरमा हुने यस्ता किसिमका प्रतियोगिताले खेलाडी उत्पादन गर्ने उहाँको भनाई छ । कार्यक्रममा प्रेस चौतारी मेधश प्रदेशका अध्यक्ष फणिदेव महतले पछिल्लो समयमा शारीरिक कसरत विना नै वालबालिकाले मोवाईलमा खेल गर्ने गरेको बताउनुभयो । यसले बालबालिकामा कसरतको वानी हट्ने भएकाले शारीरिकरुपमा नै खेल खेल्नु पर्ने सुझाव दिनुभयो । उतm कार्यक्रममा रौतहट फुटवल संघका अध्यक्ष भगवान दर्लामीले महिला फुटवलका लागि चन्द्रपुर परिचित रहेको बताँउदै उहाँले खेललाई स्थानिय स्तरबाट पनि प्रोत्साहि गरिनु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक सुशिल आचार्य, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक सुरेन्द्र विक्रम बर्तौला, सशस्त्र वेश क्याप सन्तपुरका गणेश वोहरा, रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभु पोखरेल, चन्द्रपुर हस्पिटल प्रा.लीका प्रमुख डा.सुवास चौधरी, जनज्योति बहुमुखी क्याम्पसका प्रमुख राजन श्रेष्ठ, प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो । अतिथीहरुले क्रमशः विद्यालयका हाउस क्याप्टेनलाई खेल सामग्री प्रदान गरिएको थियो । अतिथीहरु विच नै म्युजिकल चियर प्रतियोगिता समेत गरिएको छ । उतm प्रतियोगितासंगै खेल सप्ताह सुरु भएको हो । बाल निकेतन बोडिङ्ग स्कूलका दिपक रेग्मीको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उतm कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक लगायतको उपस्थिती रहेको थियो । बाल निकेतन बोडिङ्ग स्कूलले शैक्षिक क्लेण्डर अनुसार सहिद दिवसको अवसर पारेर प्रत्येक बर्ष खेल सप्ताह गर्दै आएको छ । मंगलबारबाट शुरु भएको खेल सप्ताह माघ २० गते समापन हुने सो बिद्यालयका कार्यकारी निर्देशक दिपक रेग्मीले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here