प्रभु साहले धोका दिए— एमाले केन्द्रिय सदस्य गुप्ता

0
282

रौतहट,२५ माघ
नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ताले प्रभु साहले धोका दिएका बताएका छन । गरुडामा बिहीबार भएको नेकपा एमालेको १० औ जिल्ला अधिवेशनको खुल्ला सत्रमा केन्द्रिय सदस्य गुप्ताले यस्तो बताएका हुन । आफुलाइ नेकपा एमालेमा प्रवेश गराउने प्रभु साह नै भएको र अन्तयमा आएर उनैले धोका दिएर भागेको केन्द्रिय सदस्य साहले बताए । नेकपा एमाले पार्टीलाइ साहले ठुलो गद्दारी गरेको गुप्ताको भनाइ थियो । एमालेलाइ माधब नेपाल र प्रभु साहले धोका दिएको भएता पनि नेकपा एमाले रौतहटमा झन बलियो बन्दै गएको गुप्ताको दाबी छ । स्वार्र्थी नेताहरुले एमाले छाडेपनि नेकपा एमालेलाइ कुनै फरक नपर्ने केन्द्रिय सदस्य गुप्ताले बताएका छन । रौतहट क्षेत्र नं. १मा नेकपा एमालेबाट संघिय संसदका उमेदवार समेत भएका गुप्ताले देशको सम्बृद्ध बिकाशको लागी नेकपा एमालेको सरकार आवश्यक रहेको बताए । देशमा जती पनि बिकाश भए सबै नेकपा एमालेको पालामा नै भएको उनको धारणा थियो । नेकपा एमाले रौतहटको १० औ अधिवेशन आजबाट शुरु भएको छ । बन्दसत्र भोली शुक्रबार देखी गरुडामा हुदैछ । रौतहट अध्यक्षको लागी ३ जनाले दाबी गरेका छन । नेकपा एमाले रौतहटको अध्यक्षमा अखिलेश्वर चौधरी,रुपेश पटेल र सचितानन्द साहको दाबी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here