एमाले रौतहटमा सबै भन्दा बलियो पार्टी— केन्द्रिय सदस्य रेग्मी

0
589

रौतहट- नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मीले अब नेकपा एमाले रौतहटमा सबै भन्दा ठुलो र बलियो पार्टी बन्ने ठोकुवा गरेका छन ।
गरुडामा बिहीबार भएको नेकपा एमालेको १० औ जिल्ला अधिवेशनको खुल्ला सत्रमा केन्द्रिय सदस्य रेग्मी यस्तो बताएका हुन ।
माधब नेपाल र प्रभु साहले सखाप पारेको पार्टी अब कुनै पनि शक्तीले हल्लाउन नसक्ने र झन साल जस्तो बलियो खम्बा बन्ने केन्द्रिय सदस्य रेग्मीको भनाइ थियो । एमाले छाडनेहरु अस्थीर ब्यक्ती रहेको र उनीहरुको राजनितिक भबिष्य पनि नरहेको रेग्मीको धारणा थियो ।
रौतहटमा २०१५ साल देखी एमालेले जरा गाडेको र बिचमा केही तत्वले बिगार्न खोजेको भएतापनि अटल जनतालको जमातलाइ कसैले पनि हल्लाउन नसक्ने केन्द्रिय सदस्य रेग्मीले बताएका छन ।
नेकपा एमाले रौतहटको १० औ अधिवेशन आजबाट शुरु भएको छ । बन्दसत्र भोली शुक्रबार देखी गरुडामा हुदैछ । रौतहट अध्यक्षको लागी ३ जनाले दाबी गरेका छन । नेकपा एमाले रौतहटको अध्यक्षमा अखिलेश्वर चौधरी,रुपेश पटेल र सचितानन्द साहको दाबी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here