चन्द्रपुर,१ बैशाख
नेकपा एमाले चन्द्रपुर नगर कमिटि रौतहटको अध्यक्ष पदको लागी ५ जनाको उमेदवारी दर्ता भएको छ । हिजो शनिबार देखी शुरु भएको तेश्रो अधिवेशनमा नया कार्य समितिको हुने निर्वाचनमा ५ जनाले अध्यक्ष पदमा उमेदवारी दर्ता गराएका हुन । अध्यक्षद पदको उमेदवारी दिनेहरुमा शिव आचार्य,प्रमोद चौधरी,राजेन्द्र तिवारी,राम बहादुर घलान र चिरिन्जीबी गौतम रहेका छन ।
यसैगरी उपाध्यक्ष पदमा पनि ४ जनाको उमेदवारी परेको छ । उपाध्यक्ष पदमा उमेदवारी दिनेहरुमा रबि राना मगर,बिनोद सिटौला,लाल बहादुर दोङ र प्रेम बहादुर रुम्बा रहेका छन ।
त्यस्तै सचिब पदमा राम सिंहासन राय यादब र लिल कुमार रानाले उमेदवारी दर्ता गराएका छन । उपसचिब पदमा डोल बहादुर ठाडा मगर र जय नारायण साहले उमेदवारी दिएका छन । यसैगरी महिला उपसचिब पदमा भने सरिता कुमारी पाण्डेको मात्रै उमेदवारी दर्ता भएको छ ।
लेखा आयोगका पदाधिकारी तथा र सदस्यहरुमा भने वाड स्तरमा भएको सहमती अनुसार उमेदवारी दर्ता भएका छन ।
निर्वाचन कमिटिले राती उमेदवारी दर्ताको नाम सार्वनिक गरेको छ ।
सहमति नभए भोली अध्यक्ष,उपाध्यक्ष,सचिब र खुल्ला उपसचिबमा निर्वाचन हुने छ ।