एमाले चन्द्रपुर नगर कमिटिको अध्यक्षमा आचार्य,उपाध्यक्षमा दोङ,सचिबमा यादब निर्वाचित

0
73

चन्द्रपुर – नेकपा एमाले चन्द्रपुर नगर कमिटिको तेश्रो नगर अधिवेशन आइतबार सम्पन्न भएको छ । शुक्रबारबाट शुरु भएको नगर अधिवेशन निर्वाचनमा आइतबार राती सम्पन्न भएको हो । नगर कमिटिको अध्यक्ष ,उपाध्यक्ष र उपसचिबमा सहमती नभएपछि निर्वाचन भएको थियो । नगर सचिबमा राम सिंहासन यादब र महिला उपसचिबमा सरिता पाण्डे निर्बिरोध निर्वाचित भएका थिए । आइतबार सम्पन्न निर्वाचत मत परिणाम अनुसार अध्यक्षमा शिव प्रसाद आचार्य,उपाध्यक्षमा लाल बहादुर दोङ र उपसचिबमा जय नारायण साह निर्वाचित भएका छन । अध्यक्ष पदमा राम बहादुर घलान,उपाध्यक्षमा रबि राना मगर र उपसचिब पदमा डोल बहादुर ठाडा मगर प्रत्यासी थिए ।
अध्यक्ष पदमा ५ जनाले उमेदवारी दिएका थिए जसमा राजेन्द्र तिवारी,चिरिन्जीबी गौतम र प्रमोद चौधरीले उमेदवारी फिर्ता लिएका थिए भने आचार्य र घलान निर्वाचनमा भाग लिएका थिए । यसैगरी उपाध्यक्ष पदमा पनि ४ जनाले उमेदवारी दिएका थिए जसमा बिनोद सिटौला र प्रेम बहादु्र रुम्बाले उमेदवारी फिर्ता लिएका थिए । यसैगरी सचिब पदमा २ जनाको उमेदवारी परेको थियो जसमा लिल बहादुर राना मगरले उमेदवारी फिर्ता लिएपछि राम सिंहासन यादब निर्बिरोध निर्वाचित भएका थिए । यस्तै महिला उपसचिबमा सरिता पाण्डेको मात्रै एकल उमेदवारी परेको कारण निर्बिरोध निर्वाचित भएकी थिए ।
यसैगरी लेखा समितिको अध्यक्षमा खेम बहादु्र कार्की,उपाध्यक्षमा तारानाथ सापकोटा,सचिबमा गोबिन्द तिमलसिना र सदस्यमा शंकर चौधरी,ज्ञानु माया पनि निर्बिरोध निर्वाचित भएका थिए । समाबेशी तर्फ पनि सबै उमेदवार निर्बिरोध निर्वाचित भएका छन । त्यस्तै चन्द्रपुर नगरपालिकाको १० वटै वाडका नगर कमिटि सदस्यहरु निर्बिरोध निर्वाचित भएको निर्वाचन कमिटिका मुख्य निर्वाचन अधिकृत बाल बिक्रम कार्कीले जानकारी दिएका छन ।
हालै सम्पन्न तेश्रो नगर अधिवेशनले ५४ सदस्यीय नगर कमिटि र ५ सदस्यीय लेखा समिति चयन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here