निजी वन संघ रौतहटको अध्यक्षमा खडका

0
86

चन्द्रपुर,२४ जेठ
पारिवारीक निजी वन संघ रौतहटको अध्यक्षमा शम्भु खडका चयन भएका छन । बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनबाट खडका अध्यक्षमा चयन भएका हुन । पारिवारीक निजी वन संघका केन्द्रिय उपाध्यक्ष बुद्धी प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला अधिवेशनले खडकाको नेतृत्वमा १५ सदस्यीय कमिटि चयन गरेको थियो । समितिको उपाध्यक्षमा, कृष्णमाया नेपाल,सचिवमा नवराज देवकोटा,कोषाध्यक्षमा छनहरु चौधरी,सह सचिव – हेम कुमारी उप्रेती सहित १५ सदस्यीय कमिटी गठन भएको संघका केन्द्रीय उपाध्यक्ष बुद्धि प्रसाद उप्रेतीले जानकारी दिएका छन । अधिवेशन शिव प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here