Saturday, June 22, 2024

नव बिकाशको कार्यक्रममा चिसो पिय पदार्थको ठाउमा मोही

ताजा / भरखरै प्राप्त

चन्द्रपुर,२६ जेठ
रौतहटको एक सहकारी संस्थाले आफनो हरेक कार्यक्रममा सहभागीहरुलाइ चिसो पिय पदार्थको ठाउमा मोही दिदै आएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहेको नव बिकाश बचत तथा ऋण सहकारी संस्थाले अहिलेको चरम गर्मीमा आफना कार्यक्रमहरुमा सहभागीहरुलाइ कोकाकोला,डिउ,पेप्सी आदी पिय पदार्थ खुवाउन बन्द गरेर मोही खुवाएको हो । शनिबार सो सहकारी संस्थाको आर्थिक वर्ष २०८१÷२०८२ को वार्षिक योजना तथा बजेट तर्जुमा कार्यक्रममा सहभागिहरुलाइ मोही खुवाएको थियो । आफनै गाउ ठाउमा उत्पादित मोहीलाइ नै प्राथामिकतामा राखेको संस्थाका सचिब राजेन्द्र तिवारीले बताए । बजारका बिभिन्न प्रकारका पिय पदार्थमा गुणस्तरमा प्रश्न उठन थालेपछि गर्मीमा आफना शेयर सदस्य तथा हरेक कार्यक्रममा मोही नै खुवाउने अभियानमा लागेको सचिब तिवारीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles